काठमाडौं : उप-राष्ट्रपति नन्द किशोर पुनको छोरा हुँ भन्दै सरकारी र गैर-सरकारी कार्यालयमा फोन गरेर पैसा मागेको आरोपमा प्रहरीले रोशन सुवेदीलाई पक्राउ गरेके छ महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सुवेदीलाई पक्राउ गरेके हो। महाशाखाका अनुसार उनले आफुलाई उप-राष्ट्रपतिको पिए र छोरा हुँ भन्दै विभिन्न सरकारी र गैर सरकारी कार्यालयमा फोन गरेर पैसा मागेके खुलेको छ ।महाशाखाका अनुसार उनले ९८६१६९८८१२२ नम्बरबाट सरकारी र गैर-सरकारी कार्यालयमा कार्यक्रमको लागि रकम चाहीयो भन्दै फोन गर्ने गरेका थिए।महाशाखाका अनुसार उनले राजश्व अनुसन्धान विभाग, औषधी व्यवस्था विभाग, नेपाल कृर्षि अनुसन्धान परिषद, नापी विभाग, केन्द्रिय पञ्जिकरण विभाग, परराष्ट्र मन्त्रालय, हुलाक सेवा विभाग, डिल्ली बजार,आध्यात्मिक समाज, जल उत्पन्न प्रकोप न्यूनिकरण विभाग लगायतका कार्यालयमा रकम माग गरेका थिए।
Subscribe to:
Post Comments
(
Atom
)
No comments
Post a Comment