Latest News

Saturday, December 24, 2016

भक्तपुरका ज्योतिराज थापाले गरे श्रीमतीको हत्यापछि आँफुले पनि आत्महत्या

भक्तपुर, ९ पुस - विवाह गरेर २३ वर्ष लामो जीवन बिताएका चाँगुनारायण नगरपालिका–३ छालिङ थापागाउँका ४४ वर्षीय ज्योतिराज थापाले आफ्नी श्रीमती बुना थापाको हत्या गरी आत्महत्या गरेका छन्।आज दिउँसो ४० वर्षीया श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेपछि महानगरीय प्रहरी प्रभाव खरिपाटीलाई आफूले श्रीमतीको हत्या गरेको र विष सेवन गरेको जानकारी गराएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिनुभयो।प्रहरीले तत्कालै घटनास्थल पुगेर विष सेवन गरेका थापालाई उपचारका लागि भक्तपुर अस्पताल लगेकामा त्यहाँ उपचार हुन नसकेपछि वीर अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।प्रहरीले बुनाको माइती पक्ष आएपछि साँझ मुचुल्का गरेर शव परीक्षणका लागि शिक्षण अस्पताल पठाएको जानकारी दिएको छ। छोरीको विवाह भइसकेको र छोरा अष्ट्रेलिया रहेको थापा दम्पत्तिबीच घरायसी कारणबाट हत्या र आत्महत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेकोे प्रसाईंले जानकारी दिनुभयो। रासस

No comments

Post a Comment