Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Monday, December 26, 2016

फेसबुकको बहानामा लेखनाथकी सरस्वतीलाई पति र छोराले खुँडाले हान्दै सलले घाँटी कसेपछि

पोखरा १२ पुस - लेखनाथको तालचोककी एक महिलामाथि पति र छोराले निर्घात कुटपिट गरेका छन्। पति बाबुराम अधिकारी र सौतेला छोरा सुवास अधिकारीले कुटेर घाइते भएपछि ३६ वर्षीया सरस्वती अधिकारी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल भर्ना भएकी छन्। डेढ दुई महिनादैखि नै मानसिक यातना खेपेकी सरस्वती शुक्रबार राति कुटिएकी थिइन्। खुँडाले हान्दै सलले घाँटीमा बेरी लछारपछार गरेपछि सरस्वतीले हार गुहार गरेकी थिइन् । उनको गुहार सुनेर छिमेकी र प्रहरी पुग्दा पनि बाबुराम र सुवासले कोठा बन्द गरी कुटिरहेको
प्रहरी अधिकारीले बताएका छन् । ’म मरें भन्ठानेकी थिएँ,’ सरस्वतीले अस्पतालको बेडबाटै समाधानसँग भनिन्, ‘बेलैमा प्रहरी आइपुगेर बाँचें।’ यसअघि पनि कुटपिट भइरहे पनि परिवारको इज्जतका लागि भन्दै बाहिर मुख नफोरेको पनि उनले सुनाइन् । कुटपिटबाट सरस्वतीको मेरुदण्डमा असर पुगेको छ । उनको शरीरमा थुप्रै घाउ लागेको स्वास्थ्यकर्मीले बताएका छन् । शुक्रबार राति २ बजेतिर प्रहरीले आकस्मिक कक्षमा सरस्वतीलाई भर्ना गरेको अस्पतालकी एक नर्सले बताइन् । ‘कति दिन भर्ना गरेरै राख्नुपर्छ भन्ने यकिन छैन,’ ती नर्सले भनिन्। उनका पति बाबुराम र छोरा सुवासलाई प्रहरीले पक्रिसकेको छ । उनीहरुले हिरासतभित्रैबाट समेत फोन मार्फतसरस्वतीलाई धम्क्याउने गरेका छन् । त्यसरी प्रहरी हिरासतभित्रैबाट समेत बाबुरामले धम्क्याएको भन्दै अधिकारकर्मीले पीडकलाई कडा कारबाही गर्न माग गरेका छन्। सरस्वतीले समेत आफूमाथि आक्रमण गर्नेलाई कारबाही गरी न्याय दिन माग गरेकी छिन्। उनले समाधानसँग भनिन्, ‘मलाई यो हालतमा पुर्‍याउनेलाई कारबाही हुनुपर्छ, मलाई न्याय दिनैपर्छ।’ उनले मेलमिलापको नाममा घटनाका दोषीलाई त्यसै नछाड्ने समेत बताएकी छिन्। फेसबुक बहाना : सरस्वतीमाथिको अमानवीय आक्रमणको बहाना पीडकले फेसबुकलाई बनाएका छन् । उनले फेसबुक मार्फत परपुरुषसँग कुराकानी गरेको आरोप पीडक पक्षको छ । तर सरस्वतीले भने आफ्नो फेसबुक बुहारीहरुले खोलिदिएको बताएकी छिन् । आफूले फेसबुक खोल्न नजानेको र च्याटमा पनि साथीहरुसँग मात्र हेलो हाई मात्र गर्ने गरेको बताइन् । उनले भनिन्, ’मेरो फेसबुक कान्छी बुहारी पूजा अधिकारी र जेठी बुहारी साधना केसीले चलाएका थिए।’ पछि त्यही फेसबुक कुराकानीलाई लिएर छोरा बुहारीको उक्साहटमा पति बाबुरामले कुटपिट गरेको सरस्वतीले सुनाइन्। ’कुनै पनि बहानामा कोही कसैमाथि आक्रमण गर्न पाइँदैन,’ घटनाको निरीक्षणमा पुगेका अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का पश्चिमाञ्चल प्रमुख शिव खकुरेलले भने, ’हिंसात्मक यातना दिन कसैलाई पनि पाइँदैन।’ उनले सरस्वतीले गल्ती गरेका अवस्थामा पनि कानुनी कारबाही गर्न सकिने भन्दै अमानवीय आक्रमणको भत्र्सना गरे। उक्त घटनाका पीडकविरुद्ध कारबाहीका लागि पीडित सरस्वतीलाई महिला मानव अधिकार रक्षक सञ्जालले साथ दिएको छ । ’गाउँघरमा मात्र होइन, सहर बजारमा पनि दानवीय हिंसा छ,’ सञ्जालकी जानकारी घिमिरेले भनिन्, ’सरस्वतीलाई न्याय दिलाउन हामी साथ दिन्छौं।’ उनले फेसबुकलाई बहाना बनाएर कसैलाई पनि अमानवीय व्यवहार गर्न नपाइने बताइन् । सर्पलाई दूध पिलाएजस्तो : गोरखा घर भएपनि पोखरामा एक कम्पनीमा काम गर्थे बाबुराम अधिकारी । उनले १९ वर्षअघि फकाईफुलाई सरस्वतीसँग दोस्रो बिहे गरेका थिए । पहिली श्रीमतीसँग सम्बन्धबिच्छेद गरेका बाबुरामका ३ छोरा थिए । सरस्वतीले विवाह गरेर घर पुगेपछि पहिल्यै अर्की श्रीमती र छोराहरु रहेको थाहा पाएको बताइन् । १६ वर्षको कलिलो उमेरमै आफूभन्दा दोब्बर बढी उमेरका बाबुरामको घर भित्रिएपछि सरस्वतीले आफ्नो भूमिका कुशलता पूर्वक निर्वाह गरिन् । बाबुरामकी जेठी पत्नीले छाडेर गएका नाबालक ३ छोरालाई हुर्काउने र पढाउने काम मात्र गरिनन्, एउटा आमाको माया र ममता पनि दिइन् । सरस्वतीले घर हेर्न थालेपछि बाबुरामले प्रगति गर्र्दै गए । निजी कम्पनीको एक मजदुरबाट व्यवसायी बन्न सके । अहिले उनका दुईवटा आफ्नै व्यासायिक फर्म छन् । पोखरामा डेरा गरेर बस्ने बाबुरामको अहिले तालचोकमा आफ्नै घरसहित र सम्पत्ति छ । ‘सानोमा धेरै दुख गरेर सहयोग गरें, साथ दिएँ, अहिले ठूलो भएपछि छोराहरुले पनि यस्तो व्यवहार गरे,’ सरस्वती भक्कानिँदै थिइन् । सरस्वतीले छोराहरु हुर्काएको देखेका छिमेकीले उक्त घटनालाई लिएर दूध खुवाएर पालेको सर्पले टोकेजस्तो भएको संज्ञा दिए। समाधान दैनिकमा खबर छ। 

No comments

Post a Comment