यूनाइटेड अरब इमिरेटस (यूएई)मा एउटा यस्तो आश्चर्यमा पार्ने घटना बाहिर आएको छ एक निजी एयरलाइन्सकी कि एक एयरहोस्टेसले पछिल्लो दुईवर्ष यता प्लेनको शौचालयमा यात्रुको साथमा से
क्स (वेश्यावृत्ति) गरेर ६ लाख ५० हजार यूरो (७ करोड रुपैयाँ भन्दा बढी) कमाएकी छन् । यसमा अचम्मको कुरा यो छ कि लगातार दुईवर्षसम्म उनले यस्तो क्रियाकलाप सञ्चालन गर्दा पनि एयरलाइन्सले यसबारेमा केही थाहा पाएन ।
सो युवतीले प्लेनको शौचालयलाई आफ्नो बिजनेसको अड्डा बनाउँदै थुप्रै यात्रुसँग वेश्यावृत्ति गर्न सफल भएकी थिइन । युवतीको यस्तो गलत कामको हालैमात्र एयरलाइन्सले जानकारी पायो,जब युवतीलाई प्लेनको शौचालयमा एक यात्रुसँग आपत्तिजनक अवस्थामा भेटियो र प्रहरीको जिम्मा लगाइयो । प्रहरीले युवतीलाई बयान लिंदा थोरै कडा बन्दा नै युवतीले आफ्नो अपराध स्वीकारिन र आफ्नो धन्धाका बारेमा बताइन ।उनले आफ्नो धन्धा सहजरुपमा चलाउन सधै लामो दुरीको फ्लाइट रोज्ने गरेको एयरलाइन्सले बताएको छ । एयरलाइन्सले अहिले युवतीलाई एयरलाइन्सको जागिरबाट निकाला गरेको छ । एयरलाइन्स सुत्रले बताए अनुसार युवतीले प्रत्येक फ्लाइटमा १५ सय यूरो लिएर वेश्यावृत्ति गर्ने गर्थिन ।
केही समय अघि जापानमा पनि केही एयहोस्टेस वेश्यावृत्तिमा लिप्त रहेको पत्ता लागेको थियो । जापानमा एयरहोस्टेको जागिरमा युवतीहरुको निकै क्रेज रहेको र हजारौ युवतीहरु त्यसका लागि प्रयासरत रहने गर्छन । सो समयमा युवतीहरुले पाइलटको साथ यौन सम्बन्ध बनाउने गरेको पनि जापानमा भेटिएको थियो । टोक्यो रिपोर्टर अखबारका अनुसार जापानमा कतिपय ठाउँमा पूरै केबिन क्रु वेश्यावृत्तिमा लिप्त हुने गरेको पाइन्छ । जहाँ सबै चीजको एउटा फिक्स रेट हुन्छ ।
No comments
Post a Comment