नयाँ दिल्ली, पुस ७ । भारतको पूर्वोत्तर राज्य अरुणाचल प्रदेशको भ्रमणमा आएको अमेरिकी टोलीले हालै सो क्षेत्रमा फेला परेको मानव अवशेष दोस्रो अमेरिकी सैनिकको हुन सक्ने जनाएको छ ।लोअर दिबांग क्षेत्रका स्थानीयले हालै मानव अवशेष अमेरिकी टोलीलाई सुम्पिएका थिए । ती अवशेष गत वर्ष फेला परेको हो । तिनको पहिचान गर्ने प्रयास भइरहेको छ ।
चीन र म्यानमारसँगको सीमा नजिक भारतीय क्षेत्रमा करिब ४ सय अमेरिकी सैनिकको अवशेष हुन सक्ने अनुमान गरिएको छ । दोस्रो विश्वयुद्धका क्रममा सो क्षेत्रमा जापानसँगको लडाईमा चीनलाई सहयोग गर्ने मित्र राष्ट्रहरुको अभियान अन्तर्गत ती सैनिक बेपत्ता भएको बताइन्छ ।अरुणाचल आएको अमेरिकी टोलीका सदस्यले १० हजार फिटको उचाईमा पुगेर अनुसन्धान गरेको छ । विश्वयुद्धकै क्रममा हिमालको सोही पर्वतीय शृंखलामा एउटा विमान दुर्घटना भएको बताइन्छ ।कोलकातास्थित अमेरिकी वाणिज्यदूतावास कार्यालयले भनेको छ, ‘केही मानवअवशेष फेला परेको छ, भारत सरकारले अनुमति दिएमा ती अवशेष परीक्षणका लागि पठाइने छ ।’ (एजेन्सी)
No comments
Post a Comment