– साउदी अरबले गत बर्ष नेपाली सहित चार लाख ८० हजार आप्रबासी कामदारलाई डिपोर्ट गरेको छ । साउदीको स्थानीय आवसीय कानुनलाई उलंघन गर्ने कामदारलाई डिपोर्ट गरेको हो ।
साउदीले स्पोन्सरबाट भागेका र हुरुप लागेका आप्रबासी कामदारलाई डिपोर्ट गरी पठाएपछि पुन: साउदी कहिल्यै फर्किन नपाउने स्पष्ट पारेको छ । गैरकागजात हैसियतबाट डिपोर्ट भएकाहरु केही बर्षपछि पुन काम गर्न साउदी फर्किन पाउने हल्ला भइरहेको अबस्थामा साउदीले आफ्नो धारण स्पष्ट गरेको हो ।
‘स्पोन्सर छाडेर डिपोर्टमा परेका कामदार फेरी साउदीमा आउन प्रतिवन्ध छ,’ मक्का राहदानी तथा प्रहरीका निर्देशक प्रहरी मेजर जनरल खलिफाल्लाह अल–टुवार्कीले स्थानीय सञ्चारमाध्यमलाई भने,‘यसमा केही हेरफेर गरिएको छैन ।’
उनका अनुसार साउदी स्पोन्सर (हुरुब)बाट भागेका आप्रबासीलाई एक लाख रियाल जरिवाना, डिपोर्ट र साउदी आउन प्रतिवन्ध लगाउने नियम छ । गत वर्ष चार लाख ८० हजार आप्रबासी भागेका कामदारलाई साउदीबाट डिपोर्ट गरेको उनले बताए ।
‘भागेका कामदारलाई सेल्टर दिनुको साथै ओसारप्रसार गर्ने १६ हजार ३ सय ८६ जनालाई कारबाही गरिएको छ’, उनले भने ।
साउदीमा म्यानपावरसँग सम्झौता गरे अनुसार तलव, सेवा सुबिधा तथा काम दिन नसक्ने कम्पनीबाट नेपाली सहित आप्रबासी कामदार स्पोन्सर छाडेर भाग्ने गरेको छ । त्यसरी भागेका कामदार अनिवार्य जेल बसेर आउने गरेका छन् ।
१.यसकारण साउदीबाट नेपालीसहित चार लाख ८० हजार कामदार डिपोर्ट
२.सत्य कथामा आधारित फिल्म ‘रुट नं २३’
३. नेपाली फुटबलमा नया इतिहासको आरम्भ भएको भन्दै दुई खेलाडीलाई कान्तिपुर होलिडको पाँच दिने दुबई टुरको अफर
४. आफ्नै मन्त्रालयको कामप्रति मन्त्री थापा असन्तुष्ट,भन्छन् –कार्यशैली नफेरिँदा जनताले केही पाएनन्
५. संविधान र समावेशिता बचाउन मधेससँगको सम्बन्ध बढाउनुपर्छ–नेता पौडेल
६. शान्ति सम्झौताजस्तै संविधान कार्यन्वयनमा सवैको तदारुकता देखाउन प्रधानमन्त्री दाहालको आग्रह
७.प्रचण्ड सरकार संकटमा,प्रधानमन्त्रीले समय नदिएको भन्दै राष्ट्रिय जनमुक्ति पार्टीले सरकारको समर्थन फिर्ता लियो
८.जुवा खेलिरहेको अवस्थामा क्षेत्रीय अनुसन्धान ब्युरोले चार लाख ११ हजारसहित पक्राउ गर्यो छ जना जुवाडे
९. ६२ जिल्लाको स्थानीय तहको पुनःसंरचना भइसकेको मन्त्री पाण्डेद्वारा जानकारी
१०. एप्पल प्रेमी नेपालीहरुका लागी आयो खुशीको खवर,अब नेपालमा पनि बिना ब्याज मासिक ७४ सय किस्तामा किन्न सकिन्छ आइफोन सेभेन,कहाँ र कसरी किन्न सकिन्छ ?
No comments
Post a Comment