Latest News

Thursday, December 22, 2016

बेरोजगार युवालाई सरकारबाट बिनाधितो ५ लाख रुपैयाँ ऋण

युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत यसअघि २ लाख रुपैयाँ ऋण पाउने व्यवस्था भएकोमा अब त्यसलाइृ ५ लाख बनाइएको हो कोष सञ्चालनसम्बन्धि नियमावली मन्त्रिपरिषद्बाट स्वीकत भएपछि बेरोजगारले बिनाधितो ५ लाख ऋण पाउनेछन् ।२४ मंसिरको कोष सञ्चालक समितिको बैठकले बैंक तथा वित्तीय संस्था र सहकारी संस्थामार्फत प्रदान गर्दै आएको विनाधितो ऋणको सीमा पनि ५० लाखबाट बढाएर १ करोड रुपैयाँ पुर्याएको छ ।कोषले युवालाई दिँदै आएको ऋणको ब्याजदर पनि २ प्रतिशत विन्दुले कटौती गरेको छ ।
यसअघि १२ प्रतिशत ब्याजदर रहेकोमा त्यही बैठकले १० प्रतिशतमा सीमित गर्ने निर्णय गरेको छ ।
कोषले चालु आर्थिक वर्षमा थप ५० हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य राखेको छ । नयाँ पत्रिका दैनिक

No comments

Post a Comment