पुस ६ | एजेन्सी
हुन त हरेक देशमा कुनै न कुनै अचम्मका कानुन हुन्छन् । आज हामी तपाईंलाई पाकिस्तानका यस्ता अचम्मका कानूनबारे जानकारी दिँदै छौं जसबारे थाहा पाउँदा अचम्म हुनुहुनेछ तपाईं ।
१. कसैको फोन छुँदा हुन्छ सजायँः
यहाँ कसैको अनुमती बिना फोन छुन अवैध छ । यसका लागि तपाईंलाई ६ महिनाको जेल सजायँ पनि हुनसक्छ २. पढ्दा लाग्छ करः
यदि कुनै विद्यार्थीको पढाईमा वार्षिक २ लाखभन्दा बढि रकम खर्च हुन्छ भने ती व्यक्तिले ५ प्रतिशत ट्याक्स तिर्नुपर्ने हुन्छ ।
३. कुनै पनि पाकिस्तानी इजरायल जान सक्दैनँः
पाकिस्तान आफ्नो कुनै पनि नागरिकलाई इजरायल जानका लागि अनुमती दिँदैन । जसका कारण कोही पाकिस्तानी यहाँबाट सिधै इजरायल जान सक्दैन । पाकिस्तानले इजरायललाई देश नै मान्दैनँ त्यसकारण यसले आफ्नो नागरिकलाई त्यहाँ जान अनुमती दिँदैन ।
४. देशका प्रधानमन्त्रीको खिल्ली उडाउन पाइँदैनः
यहाँका प्रधानमन्त्रीको कसैले पनि खिल्ली उडाए ठूलै जरिवाना दिनुपर्छ ।
५. प्रेमीकासँग बसे पुलिसले धेर्नेछः
पाकिस्तानी कानूनका अनुसार तपाईं विवाहभन्दा पहिले कुनै पनि महिलासँग बस्न सक्नुहुन्न । यो कानून विपरित हो ।
६. वर्षको एक महिना बाहिर खान मनाहीः
पाकिस्तानमा रमजानको एक महिना घरबाहिर खान गैरकानुनी छ । तपाईं मुश्लिम नभएपनि यो नियम पालना गर्न आवश्यक छ ।
७. अशिक्षित पनि बन्न सक्छन् प्रधानमन्त्रीः
यो देशका लागि प्रधानमन्त्री वा राष्ट्रपति बन्नका लागि शिक्षित हुन आवश्यक छैन तर कुनै विद्यालयको सुरक्षागार्डमा नियुक्त हुनका लागि तपाईं शिक्षित हुन आवश्यक छ ।
८. केही शब्दका अंग्रेजी अनुवाद अवैधः
केही अरबी शब्द जस्तै अल्लाह, मस्जिद, रसूल वा नबीजस्ता शब्दलाई अंग्रेजीमा रुपान्तरण गर्न पाइँदैन ।
९. आर्मीमा तेस्रोलिङ्गी समावेश हुन पाउँदैनन्ः
यहाँ तेस्रोलिङ्गीले आर्मीमा भर्ना हुन पाउँदैनन् । स्मरण रहोस्, यहाँ तेस्रोलिङ्गीको संख्या धेरै छ ।
१०. स्प्याम मेसेज पठाउन अवैधः
यहाँ कसैले पनि तपाईंलाई अनावश्यक मेसेज पठाउन सक्दैनन् । यस्तो गरेको पत्ता लागे तपाईंले १० लाखसम्मको जरिवाना तिर्नुपर्ने हुन्छ ।
No comments
Post a Comment