सामान्यतया सधै महिनावारी ठिक समयमा हुन्छ भने उनीहरुका लागि चौध दिनदेखि १६ दिन बिचमा गर्भ रहने सम्भावना बढी हुन्छ । तर महिनाबारी नियमित नहुनेहरुका लागि भने ७ दिनदेखि २१ दिनको बीचमा जुनसुकै समयमा पनि गर्भ रहन सक्दछ । चिकित्सकहरुले यहि नै समयमा गर्भ रहन्छ भनेर किटान गर्न सक्दैनन् ।
गर्भवती हुनु र आमा वन्नु महिलाका लागि सौभाग्य र जिम्मेवारीको बिषय हो । एउटा विवाहित नारी जबसम्म आमा बन्दिनन् उनले आफुलाइ पुर्ण महिला भएको महसुस गर्न सक्दिनन् । विवाहसँगै परिवारमा अर्को खुशियाली ल्याउने बिषय सन्तानसँग पनि जोडिएको हुन्छ तर कतिपय अवस्थामा विवाह भएको लामो समयसम्म पनि गर्भ नरहदा परिवारमा चिन्ता छाएको छाएको हुन्छ । गर्भ कहिले र कसरी रहन्छ भन्ने विषयमा कतिपय युवा युवतीमा भ्रम र अज्ञानता पाइन्छ,जसले उनीहरु चिन्तामा पर्छन् । महिला र पुरुषको बराबरी भुमिकाका आधारमा गर्भ रहन्छ । काठमाडौ मेडिकल कलेजका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. चन्दा कार्की सन्तान जन्माउने विषयमा प्रयाप्त जानकारी र होसियारी हुनुपर्ने बताउँंछिन् । डा.कार्कीका अनुसार पछिल्लो समय बाझोपनका समस्या लिएर अस्पताल धाउनेको संख्या बृद्धि हुदै गइरहेको छ । काठमाडौ मेडिकल कलेजमा हरेक दिन डेढ दुई सयजना बिरामीमध्ये ८ जना निशन्तान आमा आउने गरेको उनले बताइन् । कस्तो अवस्थामा गर्भ रहन्छ, सन्तान जन्माउन सही समय कहिले हो जस्ता बिषयमा चक्रपथ डटकमका लागि बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.चन्दा कार्कीसँंग कविता अधिकारीले गरेको कुराकानीको अंश :
गर्भ कसरी रहन्छ ?
यौनसम्पर्कबाट महिला र पुरुषको अण्डमिलेपछि त्यो महिलाको टयुबहँुंदै पाठेघरमा बस्दछ । बच्चा बस्ने पहिलो अभ्यास भनेकै डिम्ब र शुक्रकिटको मिलन हुनु हो । यदि पुरुषको शुक्रकिट ठिक भएन भने पनि बच्चा हुँंदैन र महिलाको डिम्ब ठिक भएन वा विकशित रुपमा आएन भने पनि गर्भ रहदैन । महिलाको गर्भधानका लागि डिम्ब वाहिनी नली र यौनमार्ग पनि खुलेको हुनुपर्दछ अन्यथा गर्भरहने सम्भावना कम हुन्छ ।
महिला वा पुरुषको गर्भ रहनुमा कस्को बढी भुमिका हुन्छ ?
गर्भरहने बिषय महिला र पुरुष दुबैको उत्तिकै भुमिका हुन्छ । गर्भरहने कार्यमा ४० प्रतिशत पुरुषको हुन्छ भने ४० प्रतिशत महिलाको हुन्छ र ३ प्रतिशत जति यौनसम्पर्क गर्न नजानेका कारण पनि गर्भरहने सम्भावना हँुंदैन ।
महिलाले कुन उमेरमा गर्भ धारण गर्दा उचित हुन्छ ?
विशेषगरी महिलाले २० देखी ३० बर्षसम्मको उमेरभित्र बच्चा जन्माउँंदा राम्रो हुन्छ । किनभने उमेर बढदै जाँंदा महिलामा उमेरजन्य रोग लाग्न सक्दछन् । जस्तो ब्लडप्रेसर हाई हुनु , सुगर बढनु, जोर्नी दुख्ने, मांसपेशी कडा हुने रोगका कारण गर्भ रहयो भने पनि जोखिम बढी हुन्छ । पछि समस्या नआओस भन्नका लागि समयमै गर्भधारण गरेको राम्रो । उमेर बढदै जाँंदा स्वास्नी मानिसमा डिम्ब घटदै पनि जानसक्छ या डिम्ब विकास नहुन पनि सक्दछ । पुरुषमा विविध इनफेक्सनले शुक्रकिट उत्पादनमा पनि कमि आइरहेको हुन्छ तसर्थ समयमै बच्चा जन्माउँंदा राम्रो हुन्छ ।
महिनाबारी भएको कुन समयमा गर्भ रहने सम्भावना बढी रहन्छ ?
सामान्यतया सधै महिनावारी ठिक समयमा हुन्छ भने उनीहरुका लागि चौध दिनदेखि १६ दिन बिचमा गर्भ रहने सम्भावना बढी हुन्छ । तर महिनाबारी नियमित नहुनेहरुका लागि भने ७ दिनदेखि २१ दिनको बीचमा जुनसुकै समयमा पनि गर्भ रहन सक्दछ । चिकित्सकहरुले यहि नै समयमा गर्भ रहन्छ भनेर किटान गर्न सक्दैनन् । किनभने महिलाको शारीरिक अवस्था अनुरुप कसैको कुन समयमा अण्ड विकशित भएको हुन्छ भने कसैको कुन । यही नै समय सुरक्षित हो र यही समयमा गर्भ रहन्छ भन्न कठिन हुन्छ ।
गर्भ धारण नहोस भन्नका लागि कुन समय सुरक्षित मानिन्छ ?
हामी चिकित्सकले कुनै पनि समय सुरक्षित हँुंदैन भनेका छौ । तपाइलाई गर्भराख्न मन लाग्दछ भने अस्थायी साधनको प्रयोग गर्न रोकिदिनुहोस । यदि गर्भराख्न मन छ भने भित्रै शुक्रकिट राख्नुहोस । तर महिनावारी हुनुभन्दा केही दिन अगाडिको समय सेफ अनसेफ भनेर विना अस्थायी साधन यौनसम्वन्ध राख्नुभयो भने गर्भ रहन सक्छ । त्यसको कसैले ग्यारेन्टी गर्न नै सकेको हँुंदैन । कसैको महिनावारी भएको सातदिनमा पनि अण्डा बनिसकेको हुन्छ । कसैको २१ दिनमा हुन्छ । त्यो त चिकित्सकले पनि पत्ता लगाउन सकेका छैनन कि कुन समय सेफ भनेर । यो समय सुरक्षित छ भनेर अनुमान गर्न मिल्दैन ।
यौन सम्पर्क गर्दा कुनै विधि या आसनले गर्भ नरहने या रहने हुन्छ कि हँंदैन ?
त्यस्तो हँुंदैन । गर्भ रहने बिषयमा आसनले कुनै असर गर्दैन । त्यही हो पुरुषको लिङ महिलाको योनीमा पसेर भित्रै विर्यस्खलन चाँंहि हुनुपर्दछ । जुनसुकै आसनले गर्भधारणमा प्रभाव पार्दैन । एकथोपा विर्यले गर्भरहन सक्दछ । यदि बच्चा चाहिदैन भने बरु परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्ने तर लापरवाही नगर्ने । कहिले काही कस्तो हुन्छ भने सुरक्षित ठानिएको समयमा झुक्किएर गर्भ रहयो भन्दै पनि आउछन । तर हामी के भन्छौ भने कुनै पनि समयमा बच्चा रहन सक्छ कुनै टाइम सेफ अनसेफ भन्ने हँुंदैन । बच्चा चाहिन्छ भने राख्ने होइन भने परिवार नियोजनको साधन प्रयोग गर्ने । तर बच्चा भयो भनेर गर्भपतन गराउनु भने आफनो शरीर विगार्नु नै हो । सबैले गर्भपतन राम्रो क्लिनिकमा गर्छन भन्ने पनि छैन । गर्भपतनले कतिपयलाई बाझोपन पनि बनाएको छ ।
अहिले निसन्तान हुने दर बढेको भन्ने सुनिन्छ , तपाइको अध्ययनले त्यस्तो देखाएको छ ?
हो हिजोआज निसन्तानको दर बढेको हामीले पनि महसुस गरेका छौ । तर त्यसमा दुईकारण हुनसक्छ –एउटा त पहिले सबैजसो अस्पतालमा चेकजाच गर्न आउँंदैन थिए । त्यस समय अस्पतालको पनि कमि थियो त्यसैले पहिलेको अवस्थाका वारेमा सही निष्कर्ष निकाल्न कठिन हुन्छ । पहिले अस्पतालमा नआएका कारण निसन्तान नदेखिएको हो कि निशन्तानको दर नै कमी थियो ,यकिन गरेर भन्न सकिन्न । तर अहिले अस्पतालमा जाँंच्न आउने चेतना बढेको छ । त्यसैले पहिला भन्दा अहिले निसन्तान बढी पाइएको हो । हिजोआज शहरीकरण भयो बच्चा पाउने फुर्सद भएन , कामकाजी नवदम्पत्ति विवाह लगतै बच्चा नपाउने आफनो अध्ययन सकाउने या करिअरलाई महत्व दिने सोचाईका कारण पनि गर्भनिरोध औषधीको प्रयोग बढी गर्छन । अस्थायी साधानको बढी प्रयोग गर्ने हुनाले पनि बाझोपनलाई बढावा दिइरहेको हुन्छ । अर्को कारण मोटोपना, थाइराइड ,डाइविडिटिज जस्ता समस्या छ भने पनि गर्भ रहन गाह्रो हुन्छ ।
भविष्यमा निशन्तानको समस्या नआयोस भन्नाका लागि तपाइ कस्तो सल्लाह दिनुहुन्छ ?
भविष्यमा कोही पनि निशन्तान हुन नपरोस भन्नका लागि हरेक दिन एक घण्टा व्यायाम गर्ने र सन्तुलित खाना हुनुपर्छ । धेरैजनासँग यौन सम्बन्ध राख्नेहरुलाई पनि निशन्तानको खतरा रहन्छ । यदि बच्चा चाहिएको छैन भने परिवार नियोजनको अस्थायी साधनको प्रयोग गर्नुपरयो । अस्थायी साधनको प्रयोग नगर्दा सानो लापरवाहीले बच्चा बस्यो भने गर्भपतन गराउदा शरीरमा असर पुग्न सक्दछ, त्यसमा ध्यान दिनुपरयो । सवैभन्दा राम्रो उपाय भनेकै एक नारी एक पुरुष भएर बस्न सक्नुपर्दछ समस्या आउने सम्भावना कम हुन्छ । तर जटिल समस्या आएमा चिकित्सकको सल्लाह लिनुपर्छ ।
के कारणले पाठेघर कमजोर हुन्छ ?
पाठेघर कमजोर र बलियो भन्ने हुँंदैन । त्यही हो धेरै बच्चा पाउनेहरुको पाठेघर पातलो हुन्छ र त्यो कमजोर हुन्छ । तर कम उमेरमा विवाह गर्नु , जथाभावि खानेकुराको प्रयोग गर्नु, फाष्टफुड खानेकुरामा बढि ध्यान दिनु ,पाठेघरको मुखको क्यान्सर लगायत चेतनाको अभावले धेरै रोग खप्न बाध्य छन नेपाली महिलाहरु । महिलाको तल्लो पेट दुख्ने ,पाठेघरका ननीहरु सुनिने संक्रमण हुने , पाठेघरका नली बन्दभइ गर्भ नरहने या गर्भपतन हुने जस्ता रोगहरु लिएर पछिल्ला दिनमा अस्पताल धाउने महिलाको संख्या पनि बढदै गएका छन । यी समग्र समस्याको समाधान भनेकै एउटै उपाय हो सबैमा चेतना आवश्यक छ ।
No comments
Post a Comment