Latest News

Wednesday, December 21, 2016

-राजधानीको आकाशे पुलमा यौनधन्दाः बालिका देखि युवती सम्मको मोलमोलाई !

काठमाडौं–उपत्यकाका विभिन्न आकाशे पुलहरु यौन किनबेच गर्ने स्थलका रुपमा परिणत हुँदै गएको छ ।अधिकारका लागि अभियान नामक सञ्जालले तीन महिनासम्म गरेको स्थलगत अध्ययनले कलंकी, गोगंबु, रत्नपार्कलगायत स्थानका आकाशे पुलमा बालिकादेखि युवतीसम्मलाई यौनकार्यका लागि सेटिङ मिलाउने काम हुँदै आएको तथ्य पत्ता लगाएको हो ।
भूकम्पपीडित गाउँबाट आएका, आर्थिक अवस्था कमजोर भएका र साथीसँगको लहलहैमा भागेर सहर प्रवेश गरेका बालिकाहरु यौनकार्यमा संलग्न हुने गरेको सञ्जालले जनाएको छ ।११ वर्षदेखि १८ वर्षका किशोरी, सडक बालिका र लागूपदार्थका दुव्र्यसनीहरु यौनकार्यमा लागेको पाइएको हो छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

No comments

Post a Comment