Latest News

Monday, December 19, 2016

लुम्बिनि टुक्राउने आन्दोलनका एक अगुवाको गाली हानी यसरी हत्या भयो

बुटवलः एमाले निकट युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको अज्ञात समुहले गोली प्रहार गरी हत्या गरेपछि देवदह क्षेत्र तनावग्रस्त बनेको छ। युवा संघले तिवारीको शव पोष्टमार्टमका लागि अस्पताल लैजान दिएको छैन।
हत्यारालाई कारवाहीको ग्यारेन्टी भए मात्रै शव उठाउन दिइने संघले जनाएको छ। प्रदेश नम्बर ५ विभाजन प्रस्तावको विरुद्धमा गठन भएको संयुक्त संघर्ष समितिले घटनाको निन्दा गर्दै आमहडतालको घोषणा गरेको छ। घटनामा संलग्नलाई कारवाहीको माग गर्दै अनिश्चितकालका लागि आमहड्ताल गरिएको संघर्ष समितिका देवदहका अध्यक्ष निलकण्ठ पौडेलले जानकारी दिए।
अज्ञात समुहले देवदह नगरपालिका–३ निवासी तिवारीमाथि सोमबार दिउँसो साढे तीन बजे गोली प्रहार गरेको थियो। गोली लागेर गम्भीर घाइते भएका तिवारीको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो। पाँच नम्बर टुक्राउने प्रस्तावविरुद्धको आन्दोलनमा पनि उनले अगुवाई गरेका थिए। 
देवदह–३ मा रहेको केविआई इट्टा उद्योगका सञ्चालक समेत रहेका उनलाई ०७२ साल फागुन ६ गते पनि हत्या प्रयास भएको थियो।यसैबीच आफूले तिवारीको हत्या गरेको भन्दै मनोज पुन नाम बताउने व्यक्तिले सञ्चारकर्मी तथा प्रहरीलाई नै फोन गरेका छन्। आफू मलेसियामा रहेको र रिसइवीका कारण हत्या गरेको उनले बताएका थिए।

No comments

Post a Comment