ऐजेन्सी, मुम्बई, सेलिब्रेटी हुनुको नरमाइलो पाटो हो, बजारहल्लाहरू। सेलिब्रेटीमा सबैको नजर हुन्छ र उनीहरूका बारेमा अनेकन हल्लाहरू चलिरहन्छन्। यसले सेलिब्रेटीलाई अनावश्यक तनाव दिने गरेको छ।
सामाजिक संजालमा मानिसहरूको निकटता बढेसँगै यसले विभिन्न राम्रा र नराम्रा असरहरू गरेको छ। यी सामाजिक संजाल जुनसुकैबेला जस्ता हल्लाहरू मच्चिन सक्छन्। यसबाट सबैभन्दा बढि प्रबावित फिल्म स्टारहरू हुने गरेका छन्। यस्तैमा परिन बलिउडकी सुन्दरी नायिका ऐश्वर्या राय।
उनले आत्महत्या प्रयास गरेको भन्दै एक तस्विर ह्वाट्स एपमा एकाएक भाइरल भयो। आफ्नो वैवाहिक जीवन भयावह भएपछि ऐश्वर्याले सो प्रयास गरेको कुरा त्यसमा जनाइएको थियो। यसका लागि उनले हालै रिलिज भएको 'ऐ दिल है मुश्किल'मा दिएको रणविर कपुरसँगको अन्तरंग दृश्यलाई मानियो।
तर तथ्य भने अर्कै थियो। भाइरल भएको तस्विर उनी अभिनित 'खाकी' फिल्मको सुटिङताकाको १२ वर्ष पुरानो तस्विर थियो। सुटिङका बेलामा जिप अनियन्त्रित भएको जिपले ऐश्वर्यालाई ठक्कर दिएपछि उनी घाइते भएकी थिइन्। यो तथ्यलाई बुझ्दैनबुझी केही मिडियाले समाचार बनाएपछि यो हल्ला थप भाइरल हुन पुग्यो।
No comments
Post a Comment