काठमाडौं । यदि तपाई मधुमेह रोगबाट पीडित हुनुहुन्छ भने अब आत्तिनु पर्दैन । तपाईले घरेलु उपायहरू अपनाएर नै आफ्नो स्वास्थ्यमा सुधार ल्याउन सक्नुहुन्छ ।
यदि गुलियो चिजहरूको सेवनका कारण तपाईलाई मधुमेहले पीडित बनाएको हो
भने तपाईले बेलाको पातलाई प्रयोग गर्न सक्नुहुनेछ ।यस रोगबाट छुटकारा पाउन तपाईले १५ वटा बेलको पातलाई ३० ग्राम पानीमा मिलाएर पिस्नुपर्ने हुन्छ । त्यसपछि ३ या ४ कालो मरिचको दानालाई धुलो हुने गरी पिसेर पिसिएको बेलको पातसँग मिश्रण बनाइ त्यसलाई एउटा सफा कपडाले छानेर आएको रसलाई सेवन गर्नुहोस् ।यसप्रकारले बेलको पात पिसेर पिउनाले तपाई केही महिनामा नै यो रोगबाट मुक्त हुनु सक्नु हुनेछ ।त्यसैगरी बेलको पातलाई अन्य तरिकाबाट पनि यस रोगका लागि प्रयोग गर्न सकिन्छ । तपाईले ६ वा ७ वटा बेलको पात, कालो मरिचको दाना, तुलसीको पात र निमको पातलाई एकै ठाउँमा राखेर एकदमै मसिनो हुने गरेर मजाले पिँधेर एक गिलास पानीसँग युक्र मिश्रण सेवन गर्नुहोस ।हरेक दिनको एकपटक यसप्रकारको घोल पिउनाले तपाई छिट्टै मधुमेह रोगबाट मुक्त हुन सक्नुहुनेछ ।
No comments
Post a Comment