Latest News

Monday, April 3, 2017

मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोले ७ वटा सवारी साधन पुर्‍यो 8.9K Shares - विमल खतिवडा, चितवन २ जनाको शव फेला

मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोले ७ वटा सवारी साधन पुर्‍यो - विमल खतिवडा, चितवन २ जनाको शव फेला पहिरोले ग १० प ४८४४ नम्बरको मोटरसाईकल, ना ४ ख ५४१९ नम्बरको ट्याङकर, ना ४ ख ६६६४ नम्बरको ट्रक, रा १ ख ७७९ नम्बरको मिनि ट्रक, एउटा कार, एउटा जिप र अर्को
एक मोटरसाईकल पुरिएको चितवनबाट सहकर्मी विमल खतिवडाले जनाएका छन् ।
 पहिरो पन्छाउने कार्य जारी छ । चैत्र २१, २०७३ मुग्लिन–नारायणगढ सडकखण्डमा आज बिहान पहिरो खस्दा कम्तीमा ७ वटा सवारी  साधन पुरिएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २९ मा पर्ने घुमाउने भन्ने स्थानमा ठुला ढुंगा सहितको पहिरो खस्दा दुईवटा मोटर साइकल, ट्रक, मिनि ट्रक, टयांकर र दुईवटा जिप पुरिएका हुन् । ती सवारी साधनमा कति मानिस पुरिएका छन् भन्ने यकिन हुन सकेको छैन । अहिलेसम्म २ जनालाई मृत अबस्थामा निकालिएको छ । तीनजना घाइते छन् । 
सल्यानका ४० वर्षिय रेशराज राना र सनाखत हुन नसकेका अर्का एकलाई मृत अवस्थामा निकालिएको प्रहरीले जनाएको छ । मृतक रानाका छोरा सन्दिप सहित ३ जना घाइतेलाइ उपचारका लागि भरतपुर लगिएको छ । पहिरोले ग १० प ४८४४ नम्बरको मोटरसाईकल, ना ४ ख ५४१९ नम्बरको ट्याङकर, ना ४ ख ६६६४ नम्बरको ट्रक, रा १ ख ७७९ नम्बरको मिनि ट्रक, एउटा कार, एउटा जिप र अर्को एक मोटरसाईकल पुरिएको चितवनबाट सहकर्मी विमल खतिवडाले जनाएका छन् । पहिरो पन्छाउने कार्य जारी छ । अहिलेसम्म ७ वटा सवारी साधन पुरिएको पुष्टि भएपनि ति साधनमा कति मानिस थिए भन्नेबारे यकिन भइनसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापाले बताउनुभयो । पहिरो पन्छाउन समय लाग्ने भएकाले आज राजमार्ग खुल्ने सम्भावना कम रहेको प्रहरीले जनाएको छ । 

No comments

Post a Comment