Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Monday, April 3, 2017

साउदीमा ७० भन्दा बढी नेपाली अलपत्र,उद्दारको प्रतिक्षामा ३ महीना बित्यो।

विद्रोहीहरुको आक्रमणका कारण

साउदी । साउदी अरेबियाको नजरान शहरमा हुति विद्रोहीहरुले आक्रमण गर्दा झण्डै ७० जना नेपाली फँसेका छन् । यमनको सिमानामा पर्ने साउदी शहर नजरानमा यमनको ठुलो भु–भागमा कब्जा जमाएका हुति विद्रोहिहरुले लगातार बमबारी गरिरहेका छन् । हुति विद्रोहिहरुको लगातार बमबारीकाबीच फसेका नेपालीहरुले शहरमा कुनै पनि बेला हुतिहरुको कब्जा हुन सक्ने भएकोले आफुहरुको उद्धारको लागि नेपाल सरकार समक्ष माग गरेका छन् ।
मुक्तिनाथ ओभरसीज लगायत विभिन्न म्यान पावर एजेन्सी मार्फत कामकालागि नजरान पुगेका नेपालीहरुले आफुलाई पठाउने एजेन्सीहरुले समेत आप्mनो उद्धारमा कुनै चाँसो नदेखाएको बताएका छन् । कयौ नेपाली कमदारहरु सडक सफाई लगायतको काममा लागेकाले भईरहेको बमबारीमा कुनैपनि बेला आफु पर्न सक्ने खतरा रहेको समेत बताएका छन् । साउदी अरेबियाको दक्षिणी शहर नजरानमा कार्यरत कामदारहरु मध्ये कतिपयले नेपालमा आएको माविनाशकारी भुकम्पका घर परिवार गुमाएका छन् । घर परिवार गुमाएकालाई समेत उनिहरु कार्यरत कम्पनीले फर्कन नदिएको गुनासो पनि उनिहरुले गरेका छन् । नजरानमा भएको हुति आक्रमणमा परि केहि पाकिस्तानी र बंगलादेशी नागरिकहरुले ज्यान गुमाईसकेकोले आफुहरुको सकेसम्म चाँडो उद्धार गर्न उनीहरुले अपील गरेका छन् । यता विभिन्न अन्तर्राष्ट्रि समाचार माध्यमहरुबाट प्राप्त समाचार अनुसार नजरानमा हुति विद्रोहिहरुले यमनका भु–भागहरुबाट गरेको आक्रमणमा कयौले ज्यान गुमाई सकेका छन् । आक्रमणको क्रम जारी रहेका पछि स्कुल कलेजहरु समेत बन्द गरिएका छन् । आक्रमण पछि सार्वजनिक यातायात र सञ्चार ब्यवस्थामा समेत असर परेको छ । हुति विद्रोहिहरुले नजरानबाट ५ साउदी सैनिकहरुलाई कब्जामा समेत लिएको अल अरेविया न्युज च्यानलले जनाएको छ ।

No comments

Post a Comment