लाइट नेपाल
दमक १० बैसाख । मानसिक सन्तुलन ठिक नभएकी एक अपाङ्ग महिलाको पेटमा रहेको बच्चालाइ सकुशल रुपमा अप्रेसन गरेर दमकको आम्दा अस्पतालमा निकालिएको छ । भोजपुर घर भएकी २५ बर्षिया मीना तामाङको गर्भमा रहेको अबैध बच्चाको सकुशल उद्धार गरिएको हो । भोजपुरदेखि झापाको दमकमा उनकी आमा सुमित्रा तामाङले ल्याएकी हुन् ।
पारिवारिक अवस्था अत्यन्त दयनिय रहेको उनको उपचारको बन्दोबस्त सबै आम्दा अस्पतालले मिलाएको अस्पतालका मेसु डा. नबिन ढकालले बताएकाछन् । उनका अनुसार मानसिक सन्तुलन गुमाएकी यि महिलाको कोखबाट सकुशल रुपमा अप्रेशन गरेर बच्चा निकाल्नु धेरै चुनौतीपूर्ण र जोखिम रहेको थियो । उनले भने–‘अथक प्रयास र मिहिनेतले गर्दा सफल भइएको हो ।’ सुरक्षित गर्भपतन गर्ने समय नाघिसकेको, ७ महिनासम्म एकपटक पनि कुनै जाँच नभएको, गर्भवती महिलामा केहि रोग तथा समस्या भएको भए त्यो समेत बताउन नसक्ने भएकीले यो जोखिमयुक्त काम भएको र बच्चाको सकुशल नै उद्धार गर्न सफल भइएको डा. ढकालको भनाइ छ ।
मानसिक सन्तुलन गुमाएकी र बोल्न नसक्ने उनको पेटमा बच्चा रहेको ७ महिनासम्म त उनका परिवारका कसैले पनि भेउ नै पाएनन् । एकदिन कपडा खोलेर आँगनमा बसेको अवस्थामा पेट बढेको देखेर आमाले छाम्दा मार्दा पेटमा बच्चा रहेको शंका लागेर जचाउदा पेटमा बच्चा रहेको थाहा भयो । आमा सुमित्राले भनिन–‘कस्को हो, कसरी बस्यो हामीलाइ थाहा भएन् यो बोल्न र भन्न सक्दिन ।’ गहभरी आँशु झादै आमा सुमित्राले भनिन–‘कसले कहाँ दाउ पार्यो कहिले गोठतिर जान्थि त कहिले कताकता कुदेको कुद्यै गर्थि ।’
अस्पतालका स्वास्थ्यकर्मीको टोलीले सावधानिपूर्वक बच्चा निकालेपनि अहिले मीनालाइ केहि वास्ता छैन । नानीलाइ दूध ख्वाउने देखि लिएर नानीको बिषयमा उनलाइ कुनै वास्था छैन । भोकलाग्दा खान खान खोज्छिन् । अस्पतालको बेडमा अस्वभाविक हाँउभाउ गरिरहन्छिन् । को आयो को गयो के मतलव उनलाइ छैन । डा.ढकालले भन्नुभयो–‘उसलाइ अहिले केहि थाहा छैन, यो सबै प्रोसेस तथा उपचारको बिषयमा उनि अनबिज्ञ रहेकीछन् ।’
आमा सुमित्राले अहिले दमकमा बस्ने र खाने कुनै सामाग्रि नरहेको बताइन् । बच्चाको अनुहार देखिसकेकाले अब कसैलाइ दिने आँट नरहेको भन्दै दुख गरेर भएपनि अब आफै पाल्ने जनाइन् । उनले भनिन्–‘अब जसरी भएपनि हुर्काउनु पर्यो, यो अनुहार देखिसकेपछि अब अरुलाइ कसरी दिन र फ्याक्न सकिन्छ र ?’ अब एक महिना उनि छोरी र नयाँ जन्मेकी नातीनिलाइ लिएर दमक बस्नेछिन् ।
उनलाइ अहिले सहयोगको खाँचो रहेको छ । तपाइ हाम्रो सानो सहयोग पनि यो परिवारका लागि ठूलो बरदान हुनेछ । धनकुटा खबरको तर्फबाट आमा र बच्चा दूबैको स्वास्थ्य लाभको कामना गर्दछौ ।
सौजन्यः सवालनेपाल
No comments
Post a Comment