Latest News

Thursday, April 20, 2017

अछामको बुढीगंगा नदिमा ४७ किलोको माछा बल्छीमा परे खरिदका लागि तँछाड-मछाड

अछाम । अछामको बुढीगंगा नदिमा ४७ किलोको माछा बल्छीमा परेको छ । कैलाशखोला र बुढीगंगा नदिको दोभान छित्रेमा सोकटका युवाले छाताको सरियाबाट बनाएको बल्छिमा उक्त माछा परेको हो ।
गौच जातको उक्त माछा सदरमुकाम मंगलसेनमा काटेर बिक्री गर्दा ४७ किलोग्रामको भएको थियो । माछा खरिदका लागि तँछाड-मछाड भएको थियो । केही बर्ष पहिले पनि सोही गाउँका युवाहरुले बुढीगंगाको चित्रेमै ६० किलो र २६ किलोको गौच जातकै माछा पासामा हालेर मारेका थिए । अन्नपुर्ण पोष्टबाट

No comments

Post a Comment