नवलपरासी । बुटवल-नारायणगढ सडकखण्ड अन्तर्गत मध्यविन्दु नगरपालिकाको ४० किलो जंगलमा हिजो शुक्रबार राती दुई वटा सबारी एकआपसमा ठोकिंदा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन्।
इलाका प्रहरी कार्यालय कावासोतीका अनुसार शुक्रबार राती एक बजे दाङबाट काठमाडौं तर्फ आउंदै गरेको ना ४ ख ४९९५ नंम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको भारतीय नम्बरकोे ट्रकले ठक्कर दिंदा दुर्घटना भएको हो। दुर्घटनामा परी मृत्युहुनेमा दाङ्ग सिरीगाउँका विरबल चौधरी, सुर्खेत जुमखोलाका हरि रामजाली मगर र वलिराम चौधरी रहेको जनाईएको छ।
मृतक सबै बसमा सवार थिए भने ट्रकमा सवार भारतको उत्तरप्रदेशका ३० वर्षिय बिएच खानको मृत्यु भएको छ। बसमा सवार अन्य एक जनाको भने सनाखत हुन नसकेको प्रहरीले जनाएको छ भने घाईतेको बुटवलको एक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।
No comments
Post a Comment