Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Friday, April 14, 2017

राति पहिरो खसेपछि नारायणघाट–मुग्लिन सडक पुनःअवरुद्ध

चितवन । नारायणघाट–मुग्लिन सडकखण्डको चारकिलो भन्ने ठाउँमा आज राती पुनःपहिरो खसेपछि सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक युगेन्द्रबहादुर हमालका अनुसार राती ८ बजेतिर पहिरो खसेको हो । पहिरो खसिरहेकाले पन्छाउने कार्य अगाडि बढाउन नसकिएको बताए।

सो ठाउँमा आज बिहान ९ः१५ बजे पहिरो खासेपछि अवरुद्ध भएको सडक पहिरो पन्छाएर १२ः३० बजे दुईतर्फी सञ्चालनमा आएको थियो। साँझ ५ बजेतिर पनि पहिरो खसेपछि पन्छाएर सडक खुलाइएको थियो पुनःराति ८ बजेतिर सडक अवरुद्ध भएको हमालले बताए।

पहिरो खसेको ठाउँ नारायण–मुग्लिनबाट चार किलोमिटर नारायणघाटतर्फ पर्दछ। सो सडक स्तरोन्नतिका क्रममा विस्तारका लागि भित्तो काटिएपछि विगत केही दिनयता सो ठाउँमा पटक–पटक पहिरो खसिरहेको छ। यसैबीच सडक अवरुद्ध भएपछि गाडीबाट झरेका एक यात्रु सडक छेउबाट त्रिशूली नदी किनारमा खसेका छन्।

प्रहरी निरीक्षक हमालका अनुसार साँझ सडक अवरुद्ध भएपछि सडक छेउमा पैदल हिँडिरहेका ती यात्रु नदीको किनारमा खसेका हुन् । अन्दाजी ३०/३५ वर्षका ती व्यक्ति पुरुष भएको उनले बताए। उनको उद्धारको प्रयास भइरहेको छ। सडकबाट भिरालो ठाउँमा खसेकाले उद्धार गर्न कठिन भइरहेको उनले बताए। खसेका व्यक्ति सकुसल रहेका छन् । पहिरो खसेको ठाउँबाट ती व्यक्ति तल खसेका हुन्। रासस 

No comments

Post a Comment