काठमाडौंः अमेरिकामा भएको पछिल्लो दुर्घटनामा अर्की एक नेपाली चेलीको मृत्यु भएको छ । एक सातामा भएका चार दुर्घटनामा परी चारजना नेपालीको मृत्यु भएको हो ।यसै साता भएका सवारी दुर्घटनामा ममता कंडेल, अश्लेषा पंडित, संगम सुवेदीको मृत्यु भइसकेको छ भने भर्खरै मात्र सरिता शाक्यको निधन भएको छ ।
केही दिन अघिको दुर्घटनामा अश्लेषको सवारी दुर्घटनामा मृत्यु भएको हो । १९ वर्षीय अश्लेषा पढाइका लागि अमेरिका पुगेकी थिइन । उनका बुबा छोरीको शव बुझ्न अमेरिका जाने तयारीमा छन् । अमेरिकाको एक अस्पतालमा राखिएको शव बुझ्नका लागि अस्पतालले पटकपटक आग्रह गरिसकेको छ ।
शवको व्यवस्थापन र अन्य खर्चको लागि उनका साथी रोजन महर्जनले सहयोगका लागि अपिल गर्दै अभियान चलाएका छन् । सहयोग गर्न चाहनेले गोफंडमी एकाउन्ट खोलेर अभियान चलाएका हुन् । सहयोग गर्न चाहनेले यही एकाउन्टमा गएर सहयोग गर्न सक्नेछन् । सहयोगी हातहरु अघि बढिरहेकाले सबैलाई सहयोगी हात अघि बढाउन उनले आग्रह गरेका छन् ।
उनले पैसाले परिवारमाथि लागेको चोट निको नभए पनि उनको अन्तिम संस्कारका लागि आइपरेको संकट समाधान हुने भन्दै सहयोगको आह्वान गरेका हुन् । उनले सहयोगका लागि आह्वान गर्दै भनेका छन्, ‘हामीले जति सकिन्छ सहयोग गर्नु परम धर्म हो । छोरी गुमाएका मातापिताको लागि पैसाले घाउमा मल्हम लगाउन त असंभव छ, तर शव व्यवस्थापनमा लाग्ने खर्चमा हाम्रो सहयोगले केहि योगदान पुर्याउँछ भने हामीले त्यसो किन नगर्ने ?’
उनले सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।
No comments
Post a Comment