Latest News

Sunday, December 4, 2016

घर बनाउने ज्यामी काम गर्ने रसुवाका रमेश तामाङले धेरैपटक करौँतीले काठ चिरे!!!!!घर बनाउन धेरैपटक खाल्डो खने!!!काठ चिर्ने तिनै हातले उनले प्रेमिकाको घाँटीमा करौँती चलाए!!घरको जगका लागि खाल्डो खन्ने उनले प्रेमिकालाई गाड्न खाल्डो खने!

काठमाडौँ, १८ मङ्सिर, घर बनाउने ज्यामी काम गर्ने रसुवाका रमेश तामाङले धेरैपटक करौँतीले काठ चिरे । घर बनाउन धेरैपटक खाल्डो खने । काठ चिर्ने तिनै हातले उनले प्रेमिकाको घाँटीमा करौँती चलाए ।
घरको जगका लागि खाल्डो खन्ने उनले प्रेमिकालाई गाड्न खाल्डो खने । बिहीबार प्रहरीले पक्राउ गरेपछि तामाङले क्रूर तरिकाले प्रेमिकाको हत्या गरेको घटना बाहिर आएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले पक्राउ गरेको छ ।
अनुसन्धानका क्रममा उनको बयान सुनेर प्रहरी अधिकारी नै चकित भएका छन् । घर निर्माणले जोडेको साइनो १२ वैशाख ०७२ को भूकम्पमा परी प्रतिमाका श्रीमान् र सासूआमाको मृत्यु भएको थियो । बिहे गरेको करिब २० वर्ष भए पनि उनको बच्चा भएको थिएन ।
त्रिशूलीको पुरानो बजारमा उनी एक्लै बस्दै आएकी थिइन् । गत वैशाखमा उनले श्रीमान्को वार्षिकी पनि मनाएकी थिइन् । वार्षिकीमा बहिनीलगायत उनका माइती पक्षका आफन्त आएका थिए । त्यसयता उनको माइती पक्षसँग सम्पर्क भएको थिएन । रसुवा ठुलोगाउँ घर भएका १९ वर्षीय रमेश ज्यामी काम गर्दथे । वि
दुरमा प्रतिमाको घरकै छेउमा एक घर निर्माणमा उनी संलग्न थिए । त्यही वेला उनीहरूको चिनजान भएको थियो । प्रतिमा घरमा एक्लै थिइन् । उनले रमेशलाई घरमै बोलाउन थालिन् ।
बिस्तारै उनीहरू एक–अर्काप्रति नजिकिँदै गए । उनीहरूबीच सम्बन्ध रहन थाल्यो । दुवैले बिहे गर्ने कसमसमेत खाए । वैशाखको अन्तिम सातातिर प्रतिमाले घर बिक्री गरिन् । घर बिक्री गरेपछि उनी विदुरमै डेरा लिएर बस्न थालिन् । उक्त डेरामा रमेश पनि सँगै बस्न थाले ।उनीहरूले बिहे गरेका थिएनन्, लिभिङ टुगेदरमा बस्न थालेका थिए । सम्बन्ध पुरानो हुँदै जाँदा उनीहरूबीच झगडा पनि बढ्दै गयो । ‘अरू केटीहरूसँग बोलेको देख्यो कि मसँग झगडा हुन्थ्यो,’ पक्राउ परेपछि रमेशले भने, ‘पछि, बिहे गर्न दबाब दिँदै गइन् । धेरै विषयमा झगडा हुन थालेको थियो, त्यो दिन पनि झगडाकै क्रममा मारिदिएको हुँ’ आजको नयाँ पत्रिकाले खबर छापेको छ । २६ वर्ष जेठी प्रेमिका १९ वर्षीय रमेश अविवाहित थिए ।
तर, ४५ वर्षीया प्रतिमाको रमेश जन्मनुभन्दा पहिले अर्थात् २० वर्षअघि नै बिहे भइसकेको थियो । उनीहरूबीच २६ वर्ष उमेर ‘ग्याप’ थियो । बारम्बार झगडा हुनुमा उमेरको ग्याप पनि एउटा कारण हुन सक्ने अनुसन्धानमा आबद्ध इन्स्पेक्टर दीपेन्द्र बस्नेत बताउँछन् । प्रतिमाले विवाह गर्न पनि दबाब दिँदै आएकी थिइन् ।
तर, रमेश आफूभन्दा जेठी भएकीले उनीसँग बिहे गर्न तयार थिएनन् । तर, प्रतिमासँग पैसा भएकाले उनलाई छाड्न पनि सकेका थिएनन् । एकान्त जंगलमा लगेर हत्या गर्दा कसैले थाहा नपाउने र पैसा पनि आफ्नो हुने ठानेर उनले त्यसरी हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ

No comments

Post a Comment