Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Saturday, April 15, 2017

युवा नहुँदा महिलाले नै शव बोकेर घाट पुर्याउछन्, अनि आफैले गर्छन दाहसंस्कार........हेर्नुहोस

गुल्मी । सत्यवती गाउँपालिका–५ कि यशोदा सापकोटा २७ माघमा ससुराको मलाम गइन्। गाउँका दिदी–बहिनीले साथ दिए। ती महिला शव बोकेर घाट मात्रै पुगेनन्, दाहसंस्कार गरेर घर फिर्ता भए। उनीहरूले शव बोकेको देख्दा र मलामी जाँदा गाउँमा धर्म हराएको मान्नेहरू पनि भेटिए। तर, कतिले उनीहरूको हिम्मतलाई सम्मान पनि गरे।
तर, सत्यवती गाउँपालिका मात्रै होइन, वरपरका अन्य गाउँमा समेत महिला शव बोकेर घाट जान्छन्। अरू जोखिमपूर्ण कामहरू पनि गर्छन्। कोही बिरामी परेमा महिला नै अघि सर्नुपर्छ। ‘यो संस्कार महिलाले रहरले अपनाएका भने होइनन्, बाध्यता पनि हो। गाउँका सबैजसो युवा विदेशिएका छन्, सजिलो अप्ठ्यारो सबै काम महिलाकै जिम्मा आएको छ’सत्यवतीका कृषि राना भन्छन्।
केही वर्ष अघिसम्म गाउँ टोल छर–छिमेकमा विवाह, व्रतबन्ध वा कुनै संस्कारमा युवाको उल्लेख्य सहभागिता हुन्थ्यो। नाचगानको बेग्लै रमाइलो पनि हुन्थ्यो । मालिका गाउँपालिका मोतीलाल घिमिरे भन्छन, ‘एक छोरा र एक बुहारी कामको सिलसिलामा बाहिर छन्, बिरामी पर्दा पानी तताएर दिने घरमा छैनन्, ठूलो समस्या परे सहयोग गर्ने गाउँमा छैनन्।’
जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत शंकरप्रसाद गौतमले शिक्षा, स्वास्थ्य, पूर्वाधारसँगै रोजगारी र अवसर खोज्दै सर्वसाधारण गाउँबाट सुगम, सुगमबाट सहर जाने क्रम बढेकाले गाउँ सुनसान हुन थालेको बताए। ‘वैदेशिक रोजगारीले मान्छेको स्तर बढ्दै गएको छ, त्यसको पनि प्रभाव हो’,उनी भन्छन्। अनुसन्धान गरेर त्यहीअनुसारको विकासको अवधारणा गराउन नसके आगामी ५ वर्षमा धेरै गाउँ रित्तिने सम्भावना बढेको उनले बताए । जनगणना २०५८ कै तुलनामा लैंगिक असन्तुलनको अनुपात ६ प्रतिशतले बढेको छ ।

‘गाउँमा प्राकृतिक र दैवी विपत्ति आइलाग्दा धेरै गाह्रो हुन्छ, संचारकर्मी लोकप्रसाद छन्त्याल भन्छन्,‘मलामी जान मात्र होइन, कसैको बिहे उम्काउनुपरे पनि महिला नै अघि सर्छन् ।’जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार प्रत्येक वर्ष आठदेखि १० हजारले राहदानी बनाउने गर्दछन्।

अवसरको खोजिमा युवा धमाधम गाउँ छाड्दै छन् । त्यसैले गाउँबस्ती रित्तिदै छन् । २०६८ को जनगणना अनुसार जिल्लाका १० गाविसमा ५ सयभन्दा कम घरपरिवार छन् । जिल्लाकै सबैभन्दा दुर्गम मानिएको जयखानी गाविसमा अहिले जम्मा २ सय ७० घरपरिवार मात्र छन् । त्यस्तै अर्को पश्चिम क्षेत्रको दुर्गम अर्खाबाङमा तीन सय १० घरपरिवार मात्र बसोबास गर्दै आएका छन् ।

जनशक्ति अभाव र लागतको तुलनामा आम्दानी कम हुने गरेको भन्दै जिल्लाका उर्वर क्षेत्र खैरेनी, चौरासी, रूपाकोटको सोता, शान्तिपुर, हरेवा, खज्र्याङ, भुवाचिदी, वामीटक्सार र छल्दीलगायतका स्थानमा प्लटिङ गर्दै घडेरीको किनबेच फस्टाएको छ । पर्याप्त सिँचाइ र वर्षा दुवै भए पनि जमिन बाँझो रहँदा यस वर्ष गुल्मीमा धान उत्पादन घटेको छ । कार्यालयका कृषि विकास अधिकृत चक्रपाणि पन्थीले बर्सेनि झन्डै दुई हेक्टरका दरले खेतीयोग्य जमिन बाँझोमा परिणत हुँदै गएको बताएका छन्।

No comments

Post a Comment