Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Tuesday, May 16, 2017

पत्नीपीडितका लागि खुल्यो आश्रम, बसोबास र खानपानदेखि मुद्दा मामिलाको व्यवस्था

लोग्नेको हिंसाबाट पीडित महिलाहरुका बारेमा विभिन्न घटना सार्वजनिक हुने गरेका छन् । तर, पत्नीबाट पीडित भएका पुरुषहरु भने लोकलाजका डरले आफूमाथि पत्नीले गरिरहेको हिंसा लुकाउन बाध्य हुन्छन् । सायद पत्नी पीडित पुरुषहरुको यही पीडालाई ध्यानमा राखेर होला छिमेकी मुलुक भारतमा पत्नीपीडित पुरुषहरुका लागि आश्रम खोलिएको छ ।
भारतको औरंगावादमा यस्तो विशेष आश्रम खुलेको हो । आश्रमका सञ्चालक भारत फुलारे स्वयं पत्नी पीडित हुन् । उनकी श्रीमतीले उनी विरुद्ध १४७ वटा मुद्दा हालेकी छिन् ।

पत्नीबाट मुद्दाको भारी बोकेर पीडित हुनुपरेका फुलारेले सन् २०१६ को नोभेम्बर १९ मा पुरुष अधिकार दिवसका दिन उत्तः आश्रमको उद्घाटन गरेका हुन् । उक्त पत्नीपीडित आश्रममा अहिलेसम्म भारतभरिबाट गरी ५ सयभन्दा धेरै पुरुष आएर परामर्श सेवा लिइसकेको उनी बताउँछन् । कतिपय त सोही आश्रममा बस्ने गरेका छन् । उक्त आश्रममा बस्नका लागि चाहिँ एउटा शर्त छ । त्यस्ता पुरुषहरु मात्र त्यहाँ बस्न पाउँछन्, जो विरुद्धका उनका श्रीमतीले कम्तीमा २० वटा मुद्दा हालेका होउन् ।

झण्डै १२ सय वर्गफिट क्षेत्रफलमा फैलिएको उक्त आश्रममा तिनवटा कोठा छन् । यहाँ हरेक शनिवार र आइतबार पत्नी पीडित पुरुषहरुलाई परामर्श दिइन्छ । आश्रममा बस्ने पुरुषहरुले पैसा जम्मा गरेर यहाँ लाग्ने खर्च जुटाउँछन् । उनीहरु खाना बनाउने लगायतका सबै काम आफै गर्छन् ।

सञ्चालक फुलारे आश्रममा आउने सबै पुरुषहरुका मामिला विश्लेषण गर्छन् र कुन विषयमा खास गडबडी रहेछ र कमजोर कडी के रहेछ भन्ने पत्ता लगाउने प्रयास गर्छन् । साथै पत्नीपीडित पुरुष विरुद्ध लागिरहेको मुद्दाका विषयमा कानूनविदहरुसँग सल्लाह लिइन्छ ।

मुद्दाका कारण केही महिनासम्म शहर बाहिर जानुपर्दा उनले आफू जस्तै तीन जना पत्नीपीडित भेटे । त्यसपछि उनलाई पत्नी पीडित पुरुषका लागि आश्रम खोल्ने आइडिया फुरेको हो । -अनलाइनखबर

No comments

Post a Comment