Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Wednesday, May 17, 2017

मतदान गर्न नपाउने परदेशी भन्छन – ‘हाम्रो नोट चल्ने, भोट नचल्ने ?’

अहिले युएईमा अलऐनमा रहेको मिडिलईस्ट सेक्युरीटी गार्ड कम्पनीमा कार्यरत ललितपुरका नवराज खड्का मतदाता नामावलीमा भएको आफ्नो नाम निर्वाचन आयोगको वेवसाइडमा दिनै हेर्नुहुन्छ ।

‘वेवसाईडमा आफ्ना नाम देख्ता अहिले घर जाउँ जस्तो लाग्छ के गर्नु विदा मिलेन, काम गर्न पनि मन लागेको छैन’ खड्काले नरमाईलो मान्दै भन्नुभयो ।


४५ वर्षिया खड्काले अहिले सम्म एकपटक मात्रै मतदान गर्नुभएको छ । पहिलो संविधान सभाको निर्वाचनमा मतदान गरेका उहाँलाई स्थानीय चुनावमा पनि मतदान गर्ने धोको थियो । चुनावमा घर फर्कनका लागि उहाँले कम्पनीमा विदा समेत माग्नु भएको थियो । तर कम्पनीले विदा नदिएपछि मतदाता नामावलीमा भएको आफ्नो नाम हेर्दै चित्त बुझाउनुहुन्छ ।

प्रदेश न ३ अन्र्तगत दोलखा कालिञ्चोक गाउँपालिका ६ का हिमबहादुर बस्नेतले अहिले सम्म एक पटक पनि मतदान गर्नुभएको छैन । उहाँको पनि मतदाता नामावलीमा नाम छ । उहाँलाई मतदान गर्ने ठूलो रहर छ । तर मतदान गर्न आउन पाउनुभएन् ।

बीएड पास गरेका हिमबहादुर देशको राजनीतिक अवस्थाका कारण काम कै खोजीमा युएई सम्म आईपुग्नु भएको हो । तर परदेशिएकै कारण मतदान गर्न नपाउदा उहाँलाई चित्त दुखेको छ । त्यसैले सरकारलाई प्रश्न गर्नुहुन्छ ‘हामीले कमाएर पठाएको पैसाको रेमिट्यान्सले देश चलाउन हुने, परदेशीले राम्रो उम्मेदवारलाई भोट् दिन किन नपाउने ? हामीले पठाएको नोट चल्ने तर भोट नचल्ने यो त अन्याय भयो सरकार ।’

उहाँ जस्तै स्याङ्जा भिरकोटका दिपक कोइराला अहिले युएईको अजमानमा कार्यरत हुनुहुन्छ । प्रदेश नम्बर ४ का दिपकलाई परदेशिएकै कारण भोट हाल्न गाउँ जान नपाउँदा नरमाईलो लागेको छ । २० वर्षपछि हुन लागेको स्थानीय चुनावमा भोट हाल्न नपाउँदा परदेदेशीको चित्त दुखेको छ ।

वैशाख ३१ गते आइतबार पहिलो चरणमा तीन वटा प्रदेशमा स्थानीय तहको चुनाव हुँदैछ । घरघरमा पुगेर आफ्ना पक्षमा मत माग्ने समय पनि सकिएको छ । यसले परदेशमा बस्ने नेपालीलाई उत्साह भन्दा पनि निरासा छाएको छ ।

कतिपय परदेशीको त मतदाता सूचि मै नाम छैन् । नाम भएकाहरु पनि चुनावकै लागि भनेर स्वदेश फर्कने अवस्था छैन् । कम्पनीमा छुट्टीको लागि निवेदन दिन पनि निर्वाचन होला नहोला निधो थिएन् । त्यसैले धेरै परदेशीले कम्पनीमा विदा मिलाउन सकेनन् । तर निर्वाचन हुने पक्का भएपछि भने उनीहर निरास छन् ।

नामावलीमा नाम नभएका र नाम भएर पनि विदा नपाएकाहरु तीन, चार र छ नम्बर प्रदेशका परदेशीहरुले गुनासो गरिरहँदा दोस्रो चरणमा मतदान हुने प्रदेशका परदेशीहरु पनि चिन्तित छन् । उनीहरुले विदेशबाट पनि मतदान गर्न सक्ने व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।

चुनावलाई लक्षित गर्दै नेपाल एयरलाइन्सले टिकटमा युएई आउन जान दुई तर्फी टिकटमै छुट दिएको एयरलाइन्स कन्ट्री म्यानेजर रमेश पौडेलले बताउनु भयो । तर छुट भएपनि परदेशीहरु चुनावकै लागि भने फर्किन पाएका छैनन् ।

No comments

Post a Comment