Latest News

Thursday, April 20, 2017

गएको १ गते चट्याङ लागेर मिश्रा घलानको श्रीमान् आगमन तितुङ्गको ज्यान गएको हो । मिश्रा र उहाँको एक वर्षका छोरा अनमोल पनि चट्याङ लागेर घाइते भएका छन्

चट्याङले विपद : श्रीमानको मृत्यु, घर जल्यो, समस्यामा मिश्रा
चट्याङका कारण पूर्वी मकवानपुर साविकको बेतिनी गाविस-१ बल्देउ डाँडामा बस्ने मिश्रा घलानको परिवार बिचल्लीमा परेका छन् ।
गएको १ गते चट्याङ लागेर मिश्रा घलानको श्रीमान् आगमन तितुङ्गको ज्यान गएको हो । मिश्रा र उहाँको एक वर्षका छोरा अनमोल पनि चट्याङ लागेर घाइते भएका छन् । उहाँहरुको शरीर जलेको छ । यस्तै चट्याङले घर पनि पुरै जलेको छ ।
हावाहुरीसँगै परेको चट्याङ लागेर स्थानीय बासिन्दा आगमनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक बामदेब गौतमले बताउनुभएको छ । चट्याङ लाग्दा घरभित्र नै भएकाले बाहिर निस्कन नसकेर ज्यान गएको उहाँले बताउनुभयो । घाइते मिश्रा र अनमोल हेटौडा अस्पतालमा पाँच दिनको उपचारपछि घर फर्किएका छन् । तर घर सबै चट्याङ लागेर जलेकाले बस्नका लागि घर, लगाउनका लागि कपडा, खाना पकाउनका लागि भाँडाकुडा केही नहुँदा समस्या थपिएको छ ।
घर जल्दा भएको अन्नपात, पैसा सबै नष्ट भएको र अहिले परिवार समस्यामा परेको मृतकका बुबा काजीमान तितुङ्गले बताउनुभएको छ ।
यति ठूलो समस्या पर्दा पनि सरकारले नहेर्नु र कुनै सञ्चार माध्यममा समाचारसमेत नआउनु निकै अप्ठेरो कुरा भएको भन्दै मकवानपुर फापरबारी भोर्लेनीका मुस्कान घलानले गुनासो गर्नुभएको छ । समस्यामा परेको परिवारलाई केही मद्धत होला भन्ने उहाँको आशा छ ।
तस्बिर : मुस्कान घलान
उज्यालोअनलाइन

No comments

Post a Comment