Latest News

Thursday, April 20, 2017

कञ्चनपुरवासीले भारतीय सुरक्षाकर्मीलाई लखेटे सीमा क्षेत्रमा तनावग्रस्त

सुनौलो न्यूज संबाददाता
 दोधारा, ६ वैशाख । पुनर्वासको आनन्द बजारमा गोविन्द गौतमको हत्या गर्ने भारतीय सुरक्षाकर्मीसँग कञ्चनपुरवासीले दोधारा चाँदनीको सुन्दरनगरमा बदला लिएका छन् ।
कञ्चनपुरको महाकाली नगरपालिकास्थित सुन्दरनगरमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)का जवानहरु नेपाल पसेर भारतीयलाई पक्राउ गर्न थालेपछि स्थानीयवासीले उनीहरुलाई नियन्त्रणमा लिएर हातपात गरेका हुन् महाकाली नगरपालिका वडा नं. ८, सुन्दरनगर नजिक जगबुडा झोलुङ्गे पुलको पूर्व–दक्षिण दिशा जोगबुडा नदीमा एसएसबीका जवान भारतीयलाई लखेट्दै नेपाल भित्रिएका थिए । सादा पोशाकमा आएका दुई–दुई एसएसबी जवानलाई स्थानिय महिला, पुरुषले कुट्न थालेपछि सुन्दरनगरमा ठूलै हंगामा मच्चियो ।

५३ बाहिनी भारतिय सिमा सुरक्षा बल बोडर आउट पोष्ट, मेलाघाट (उत्तरखण्ड) मा कार्यरत एसएसबी हवल्दार भवानी र जवान आलोकलाई मंगलबार अपरान्ह करिब ४ बजे नेपाली भुमीबाट स्थानियले नियन्त्रणमा लिएको स्थानीय लाल बहादुर खड्काले बताए ।
भारतीय नागरिक बलबिर नामका व्यक्तिले मोटरसाईकलमा फ्रिज नेपाल ल्याउँदै गर्दा सिमावर्ती बजारबाट पिछा गर्दै आएका एसएसबी हवल्दार भवानी र जवान आलोकले नेपाली भुमीमा पक्राउ गर्न खेद्न थालेपछि स्थानियहरुले सादा पोशाकमा रहेका दुई जना एसएसबीलाई नियन्त्रणमा लिएर कुटेका हुन् ।
‘फिल्मी स्टाईलले नेपाली भूमिमा लखेट्न थालेपछि एसएसबी जवानलाई नियन्त्रणमा लिएका हुन्’ एक स्थानिय भने, ‘अर्काको देशमा आएर पक्राउ गर्न मिल्छ र ?’ नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई स्थानियले खबर गरेपछि समयमै नेपाल प्रहरी र सशस्त्र प्रहरीको एक टोली सुन्दरनगर पुगेको थियो । सिमा स्तम्भबाट करिब ६ मिटर नेपाली भु–भागमा आएर एसएसबीले पक्राउ गर्न थालेको स्थानिय लाल बहादुर खड्काले बताए । स्थानियहरुले एसएसबीलाई करिब २ घण्टा नियन्त्रणमा लिएर छाडेको बताईएको छ ।

एसएसबी पक्राउपछि सीमावर्ती क्षेत्रमा सुरक्षा जाँचका नाममा अप्ठेरो
एसएसबी पक्राउपछि सीमावर्ती क्षेत्रमा सुरक्षा जाँचका नाममा अप्ठेरो हुने स्थानीय बताउँछन् । ‘हाम्रा दिदी बहिनीहरुलाई सिमावर्ती भारतिय बजार जादा समेत जिस्काउने चेक जाँचको नाउँमा अभद्र ब्यवहार गर्दै आएका छन्” नाउ उल्लेख नगर्ने सर्तमा एक स्थानियले भने ।
पुनर्वासको सिमा क्षेत्रमा नेपालीको हत्या गर्ने दर्जनौ नेपालीहरुलाई कुटपिट गर्ने भन्दै आज स्थानियहरुले एसएसबीलाई कुटेको प्रत्यक्षदर्शीले बताए ।
भारतीय एसएसबी नेपाली भूमिमा आएर आफ्नो दादागिरी जमाउदा समेत स्थानिय प्रशासनले सहज ढंगले छोडेकामा स्थानियबासी असन्तुष्टी जनाएका छन् । ‘कागजात प्रक्रिया पुर्याएर छाड्ने ठाउँमा नेपाली प्रशासनले सहजै स्पोटबाट छाड्ने कार्य गलत हो’ एमाले जिल्ला सदस्य राजिव खड्काले भने ।
एसएसबीको दादागिरीलाई प्रोत्साहन गर्ने काम भएको बताउँदै भारतिय पक्षको सुरक्षाकर्मीलाई बोलाई कागजात प्रक्रिया पुर्याएर नबुझाएको भन्दै नेकपा एमाले जिल्ला सदस्य राजिव खड्काले समेत स्थानिय प्रशासनमाथि असन्तुष्टि जनाए ।
प्रहरीका अनुसार सादा पोशाकमा नेपाल भित्रिएका दुई जना एसएसबी संग कुनै प्रकारको हतियार नभएको बताईएको छ । स्थानियबासी अनुसार पक्राउ परेका दुई एसएसबीहरु ५३ बाहिनी भारतिय सिमा सुरक्षा बल बोडर आउट पोष्ट, मेलाघाट (उत्तरखण्ड) का घुमुवा (ईन्ट) हुन् ।
उनीहरु विगत तीन सातादेखि सुन्दरनगर तथा आसपास नेपाली गाउँमा रेखी गर्दै हिड्दै आएका थिए । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट, माहाकाली श्रोत अनुसार स्थानियहरुले नियन्त्रणमा लिएका एसएसबीहरुलाई सम्झाई बुझाई पठाईएको बताएको छ ।

No comments

Post a Comment