Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Tuesday, May 16, 2017

चौंथो शक्ति राप्रपा कहाँ हरायो ? यस्तो छ कार्यकर्ताको विश्लेषण

चौंथो शक्ति राप्रपा कहाँ हरायो ? यस्तो छ कार्यकर्ताको विश्लेषण
काठमाडौं, जेठ २– ब्यवस्थापिका संसदको चौंथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थानीय तहको पहिलो चरणको चुनावमा नतिजा निराशाजनक छ । पुरानो राप्रपा र कमल थापाको राप्रपा नेपालबीच एकता भइ झनै ठूलो बनेको राप्रपाले आफूलाई पहिलो दोस्रोमै आउने आंकलन गरेको थियो ।

राप्रपालाई ठूलो शक्तिका रुपमा उदाउने विश्वासमा एमालेले समेत राप्रपासँग चुनावी तालमेल गरेको थियो । काठमाडौं महानगरपालिकादेखि देशका विभिन्न ठाउँमा एमाले र राप्रपाबीच तालमेल गरिएको थियो ।

हिन्दु राज्यको नारा अघि सारेर दोस्रो संविधानसभाको चुनावमा समानुपातिक भोट बटुलेर आफूलाई बैकल्पिक शक्ति दाबी गरेका कमल थापाको स्थानीय चुनावमा निराशाजनक नतिजा आएपछि कार्यकर्ताले पराजय हुनुको कारण औंल्याउन थालेका छन् । प्रारम्भिक नतिजा आएपछि एक कार्यकर्ताले राप्रपा कमजोर हुनुको १६ कारण यसरी औंल्याए ।

राप्रपा कमजोर हुनुको १६ कारण
१) हिन्दुराष्ट्र बिनाको संविधान स्वीकार गर्नु ।
२) गणतन्त्रिक सरकारमा सहभागी हुनु ।
३) कमल थापाले राष्ट्रसंघमा दिएको सम्बोधन लगत्तै सरकार नछाडनु
४) केशरबहादुर जस्ता वरिष्ठ ब्यक्तिलाई कन्भिन्स गर्न नसक्नु र पार्टी छाड्न विवश पार्नु ।
५) एकतापछि सबै समाजले नरुचाएका ब्यक्तिले महाधिवेशनमा पैसाको बलमा केन्द्रीय सदस्य जित्नु ।
६) केपी ओलीको सरकार ढलेपछि  फेरि प्रचण्ड सरकारमा जानु ।
७) आफू सरकारमा हुँदासमेत कार्यकर्ताको वास्ता नगर्नु र आफ्नो दल सरकारमा भएको महशुस गर्न कार्यकर्ताले नपाउनु ।
८) चुनावमा तालमेलको कुरा गर्नु र हाम्रो भोटले अरुलाई जित्न बल पुग्नु ।
९) संविधान संशोधनको पक्षमा भोट हाल्छु भनेर भन्नु ।
१०) राजाकोबारेमा साधारण जनताले बुझ्ने भाषामा नबोल्नु ।
११) केन्द्रीय नेतृत्वले जनचाहना र कार्यकर्ताको भावनाको कदर नगर्नु र तेस्रो जनचाहना विपरित निर्णय पटकपटक दोहोरिनु ।
१२) डा प्रकाशचन्द्र लोहोनीजस्ता देशका अग्रज हस्तको सम्मान गर्न नसक्नु ।
१३) मिडियामा राप्रपाको पहुँच नहुनु ।
१४) केन्द्रीय नेतृत्वलाई जिल्लाका कार्यकर्ताबारे जानकारी नहुनु र जो नेता केन्द्रमा धाउँछ, त्यसलाई बढी बिश्वास गर्नु ।
१५) टिकट वाड्ने बेलामा ३६४ दिने राप्रपाहरुलाइ टिकट दिनु ।
१६) लोकप्रिय चुनावी नारा दिन नसक्नु ।

(अरुणा अरुणिमाको फेसबुकबाट)ratopati.com

No comments

Post a Comment