Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Tuesday, May 16, 2017

यौनकर्मीको बस्यो अपाङ्ग भिकारीसँग प्रेमः पढ्नुहोस् मनै छुने यी दुईको प्रेम कहानी

एजेन्सी
जेठ २ – हामीमध्ये धेरैले प्रेमका कथा–कहानी देखेका र सुनेका छौं तर आजकाल फेसबुकमा भाइरल भइरहेको प्रेमको वास्तविक कहानीले मन छुन्छ । यो प्रेमकथा भाइरल हुनुको कारण यसमा प्रेमिका पूर्व सेक्स वर्कर हुन् र प्रेमी एक अपाङ्ग भिकारी । बंगलादेशका फोटोग्राफर आकाशले आफ्नो फेसबुक पेजमा १४ मेमा एक तस्बिरसँग यो विशेष प्रेमकथाको वर्णन गरेका छन् । यो पोष्टका अनुसार बंगलादेशकी यौनकर्मी रजिया बेगमलाई भिकारी अब्बास मियासँग प्रेम हुन्छ । यी दुबैको पहिलो भेटको कथा कुनै फिल्मको कहानीभन्दा कम छैन ।

एक दिन निकै पानी परिरहेको थियो । रजिया रुख मुनी उभिएकी थिइन् । कुनै कारणले रजिया त्यतिबेला रोइरहेकी थिइन्, त्यतिबेला नै उनको नजर ह्विलचेयरमा बसेका एक भिकारीमाथि अडियो । भिकारी नजिक आए र रजियाको हातमा ५० टका (बंगलादेशी मुद्रा) दिए । रजियाको दिमागमा त्यतिबेला ‘यी पहिलो व्यक्ति हुन् जसले मेरो प्रयोग नगरी मलाई पैसा दिए ’ भन्ने छाप पर्यो । यसै कारणले रजिया ती भिकारीलाई संसारको सबैभन्दा राम्रा व्यक्ति सम्झिन थालिन् ।
उक्त भेटपछि दुबै छुट्टिए । रजियाले भिकारी अब्बसलाई थुप्रै दिनसम्म खोजिन् । तर उनले भेटिनन् । थुप्रै महिनापछि रजियाले अब्बासलाई एक रुखमुनी बसिरहेको भेटिन् । दुबैबिच कुराकानी भएपछि थाहा भयो कि अपाङ्ग भएका कारण नै उनकी श्रीमतीले उनलाई छोडेर गएको थाहा भयो ।
दुबैले एक अर्कालाई साथ दिने सोचे । त्यसको केही दिनभित्रै दुबैले विवाह गरे । रजियालाई उद्धृत गर्दै आकाशले आफ्नो पोष्टमा लेखे, ‘मैले आफूलाई अब कसैसँग पनि प्रेम गर्न लायकको छैन भनी सोच्थें तर अब मर्नेबेलासम्म भिकारी अब्बासको ह्विलचेयर अगाडि बढाउन चाहन्छु ।’ अब दुबैको विवाह भएको चार वर्ष भइसकेको छ ।
रजियाका अनुसार विवाहको समय अब्बासले उनलाई कहिले पनि नरुवाउने बताएका थिए उनले अहिले पनि आफ्नो बचन निभाइरहेका छन् । थुप्रै पटक घरमा खानका लागि केही पनि हुँदैनथ्यो तर पनि दुइले पानी खाएरै भएपनि पेट भरेर हाँसी खुसी जीवन बिताइरहेका छन् ।
राजियालाई आफ्नो आमा–बुवाबारे पत्तो छैन । उनी निकै लामो समयदेखि यो दलदलबाट निस्कन चाहन्थिन् तर छोरीको लालनपोषणका कारण यस्तो गर्न सकेकी थिइनन् । यद्यपी, उनले आफ्नी छोरीलाई कहिले पनि आफू एक यौनकर्मी भएको बताइनन् । रजियाको जीवनमा अब्बास आएपछि सबैकुरा सामान्य बनेको छ । पूरा परिवार खुसीले जीवनयापन गरिरहेका छन् 

No comments

Post a Comment