Latest News

Monday, May 15, 2017

UPDATE : अहिलेसम्म कहाँ–कहाँ को विजयी बने ? (हेर्नुहोस् नतिजाहरुको सूची)

काठमाडौँ, जेठ १ – वैशाख ३१ गते सम्पन्न स्थानीय तह पहिलो चरणको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ ।

हालसम्म प्राप्त भएका नतिजाहरुको सूची:

अन्नपूर्ण २ मा माओवादी केन्द्र विजयी
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको वडा अध्यक्ष र सदस्यहरुमा नेकपा (माओवादी केन्द्र)का उमेद्वार विजयी भएका छन् ।

केन्द्रका ओमबहादुर फगामीले २१३ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । महिला सदस्यमा टेकमाया पुन (२०५), दलित महिला सदस्यमा विष्णुकुमारी परियार (२१७), खुल्ला सदस्यमा बुद्धीबहादुर पुन (२०३) र वीरबहादुर पौडेल (१९९¬) प्राप्त गरी निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दुईवटा मतदान केन्द्र र ५४३ जना मतदाता रहेको भुरुङ तातोपानीमा ४१० मत खसेकोमा आठ मत बदर भएको थियो ।

मेलम्ची नगरपालिका– १ मा एमाले विजयी
मेलम्ची नगरपालिका– १ को वडाध्यक्षमा नेकपा (एमाले)का कृष्णप्रसाद चौलागाई ८४१ मत प्राप्त गरेर विजयी हुनुभएको छ ।

उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बद्री चौलागाईले ४३२ मत प्राप्त गर्नुभयो । सो वडामा एमालेको पुरै प्यानल विजयी भएको छ ।



डोल्पाको काइके गाउँपालिकामा एमालेले विजय
काइके गाउँपालिकाको अध्यक्षमा नेकपा ९एमाले०का अङ्गत राना ९२० मत ल्याएर विजयी भएका छन् ।
उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हिरा रोकायाले ८० मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा राप्रपाका कुञ्जन बुढा ९१५ मत ल्याई विजयी हुनुभएको छ भने काँग्रेसका हिमाली रोकायाले ६३ मत प्राप्त गरेका छन् ।

यस्तै ठूलीभेरी नगरपालिका– १ मा राप्रपाका बागबहादुर महतारा वडाध्यक्षमा विजयी हुनुभएको छ । ठूलीभेरी नगरपालिका– २ मा नेकपा ९एमाले०का देवी रोकाया वडाध्यक्षमा विजयी भएका छन् ।

ठूलीभेरी नगरपालिकामा काँग्रेसको अग्रता

ठूलीभेरी नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका सुवर्ण बुढाले २५० मत र नेकपा ९एमाले०का गणेश शाहीले १२६ मत प्राप्त गरेका छन् । उपप्रमुखमा राप्रपाका योगेन्द्रबहादुर शाहीले २४० मत तथा नेकपा ९माओवादी केन्द्र०का लक्ष्मी चन्द कार्कीले ८४ मत प्राप्त गरेका छन् ।

जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकामा मतगणना सुरु भएको छ ।

गोदावरी १ मा काँग्रेस, महाँकाल ६ मा एमाले विजयी
गोदावरी नगरपालिका र महाँकाल गाउँपालिकाको अन्तिम मत परिणाम आएको छ । जसअनुसार गोदावरी नगरपालिका–१ वडाका वडाप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार हरिहर कार्की ८४८ मत प्राप्त गरी विजयी भएका छन्  ।

त्यस्तै महाँकाल गाउँपालिका–६ को प्रमुखमा नेकपा एमालेका उम्मेदवार रामकृष्ण आचार्यसहित प्यानलनै विजयी भएको छ ।

मनाङको चामे गाउँपालिकामा एमाले विजयी
मनाङ जिल्लाको चामे गाउँपालिकाबाट एमालेले बिजयी भएको छ ।

चामे गाउँपालिकाको प्रमुखमा एमालेका लोकेन्द्रवहादुर घले २१४ मत प्राप्त गरी बिजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी अनिता लामाले १७३ मत प्राप्त गरेका छन् ।

जाजरकोटको शिवालय गाउँपालिकाको वडामा माओवादी केन्द्रको प्यानल नै विजयी
जाजरकोटको शिवालय गाउँपालिका वडा नं १ मा नेकपा माओवादी केन्द्रका मानवहादुर पुनको प्यानल विजय भएको छ ।

गाँउपालिका अध्यक्षमा मानवहादुर पुनले २६९ मत ल्याएर विजयी भएका हुन् भने महिला सदस्यमा सदस्यमा रामसरी राना २४७ मत ल्याएर विजयी भएका हुन् ।

त्यस्तै सदस्यमा विजयी हुनेमा भद्री दमाई, कृष्णा राना र चन्द्रवहादुर पुन रहेका छन् ।

मनाङमा एमालेको अर्को जित
मनाङको नेस्याङ गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष सहित सबै वडामा बिजय हासिल गरेको छ । मतगणना अनुसार एमालेका कान्छा घले ६२७ मत प्राप्त गरी बिजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका बिनोद गुरुङले ४६१ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेकी मिंखु गुरुङले ६११ मत प्राप्त गरेर जित निकालेका छन् । कांग्रेसकी छिरिङ ओङमा गुरुङलाई ५०४ मत प्राप्त भएको छ ।

यसअघि मनाङको चामे गाउँपालिकामा पनि एमालेका डम्बर बहादुर घले बिजयी भएका थिए ।

ढोरपाटन–१ मा माओवादी केन्द्र विजयी
वाग्लुङ्गको ढोरपाटन नगरपालिकाको वडानम्वर–१ मा नेकपा माओवादी केन्द्रका उमेदवार चित्रबहादुर भण्डारी वडाअध्यक्षमा निर्वाचित भएका छन् । उनीे २ सय ५० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका अशोक बिकले १ सय ९१ मत ल्याएका छन् ।

त्यस्तै चारवटा वडा सदस्यपदमा कांग्रेसका उमेदवारहरु विजयी भएका छन् । महिला सदस्यमा गौमती कुमालले २ सय ३५ मत ल्याएर विजयी भएकी छिन् । दलित महिला सदस्यमा असारी बिक विजयी भएकी छिन् भने खुल्ला सदस्यमा होमबहादुर रानाले २ सय ६९ मत र सन्धी गुरुङ्गले २ सय ४० मत ल्याएर विजयी भएकी छिन् ।

ललितपुर महानगरपालिका वडानम्बर १ को अध्यक्षमा कांग्रेस विजयी
ललितपुर महानगरपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

कांग्रेसका निर्मल तण्डुकार अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले ६९२ मत ल्याएका छन् भने प्रतिद्धन्द्धी एमालेका रमेश महर्जनले ५३० मत ल्याएका छन् ।

त्यस्तै माओवादी केन्द्रका अर्जुन तण्डुकारले २८१ मत ल्याएका छन् ।

त्यस्तै वडा सदस्यहरु कांग्रेसका सुशिाला सिंजापति, कृष्ण महर्जन हरिहर तण्डुकारले क्रमशः ६२९, ५९४ ६४६ मत ल्याएका छन् । १ नं वडामा नयाँ शक्तिबाट विना कुमारी पोडे निर्विरोध निर्वाचित भएकी थिइन् ।

म्याग्दीको अन्नपूर्ण–१ मा एमाले विजयी
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा नेकपा एमालेका दिलीप गर्बुजाले ३४१ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन्र ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेकै महिला सदस्यमा बोमाया गर्बुजा, दलित महिला सदस्यमा शोभा विक, खुल्ला वडा सदस्यमा अमृत गर्बुजा र कुलप्र्रसाद पुर्जा विजयी भएका हुन् ।

रोशी गाउँपालिका १२ नं वडामा माओवादी केन्द्र विजयी
काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका १२ नं वडा भीमखोरीमा नेकपा माओवादी केन्द्रको समूह नै विजयी भएको छ ।

माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार रामबहादुर मोक्तान तीन सय ४५ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत गणेश आचार्यले जानकारी दिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बिलाराम मोक्तानले दुई सय पाँच र नेकपा (एमाले)का लीलाराम मोक्तानले एक सय चार मत प्राप्त गरेका छन् । सो वडामा सात सय १७ मत खसेको थियो ।

सुर्खेत : लेकबेंसी–१ मा एमालेका पुन विजयी
लेकबेसी नगरपालिका–१ मा नेकपा (एमाले) र राष्ट्रिय जनमोर्चाको संयुक्त समूह विजयी भएको छ ।

मतपरिणामानुसार एमालेका मानबहादुर पुनले सात सय ९८ मत प्राप्त गरेर वडाध्यक्षमा विजयी भएका हुन् । पुनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हरिमान घलेले चार सय ४० र नेकपा(माओवादी केन्द्र)का धनबहादुर ठाडाले दुई ३३ मत प्राप्त गरेका छन् । त्यस्तै सदस्यमा भवानी कँडेल, नरबहादुर फौजा र टीका पौडेल विजयी भएका छन् ।

जाजरकोटको वारेकोट गाउँपालिका–९ मा गौतम विजयी
स्थानीय तह निर्वाचनअन्तर्गत वारेकोट गाउँपालिका वडा नं ९ का अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार शशिराम गौतम विजयी भएका छन् ।

सदस्यमा मनमाया बुढा दुई सय ४०, कुमारी नेपाली दुई सय ४३, धनबहादुर महतारा दुई सय ४५ र मनबहादुर नेपाली दुई सय ४५ मत प्राप्त गरी विजयी भएका छन् ।

ललितपुरको कञ्जोस्यममा माओवादी केन्द्रका सन्तलाल तामाङ विजयी
ललितपुरको कञ्जोस्यम गाउँपालिका वडा नं १को अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का सन्तलाल तामाङ विजयी भउका छन् ।

अन्तिम मत परिणामअनुसार ३५४ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तेजबहादुर लामाले २८० मत प्राप्त गरेका थिए ।

प्राप्त मत परिणामअनसार सदस्यहरुमा तामाङकै समूहका वीरबहादुर थिङ, लालबहादुर थिङ, सुमित्रा नेपाली, डोल्मा लामा विजयी भएका छन् ।

भेरी गङ्गानगरपालिकाको वडा नं १ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी
सुर्खेत भेरी गङ्गानगरपालिकाको वडा नं १ मा नेकपा (माओवादी केन्द्र)को प्यानलै विजयी भएको छ ।

माओवादी केन्द्रका वडाध्यक्ष पदका उम्मेदवार नवराज कार्कीले २७६ मत प्राप्त गरी विजयी भएका हुन् । सोही दलका सदस्यहरु रजना बुढा, दुर्गा सार्की, नरबहादुर बुढा र हरिबहादुर थापा पनि विजयी भएका छन् ।

वडाध्यक्ष पदका प्रत्यासी नेपाली काग्रेसका दिनेश पुलामीले २३९ र नेकपा एमालेका पदमबहादुर वलीले २०० मत प्राप्त गरेका छन् 

No comments

Post a Comment