Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Tuesday, May 16, 2017

अब यसरी घरैमा बनाउनुस् लसुन र प्याजको फेसप्याक अनि चम्किलो अनुहार

सफा, मुलायम, चम्किलो अनुहार कसरी बनाउने ? यसका अनेकौ काइदा छन् । घरेलु विधिबाट पनि अनुहारलाई चम्किलो र मुलायम बनाउन सकिन्छ । धेरैले अनुहारको सौन्दर्यका लागि बेसन, गुलाब जल, घिउकुमारी, बेसार, दूध, मह जस्ता घरेलु वस्तु उपयोग गर्ने गरेका छन् । यद्यपि धेरैलाई थाहा नहुन सक्छ, प्याज र लसुनको प्रयोगबाट पनि अनुहार चम्किलो बनाउन सकिन्छ ।

प्याज र लसुन हरेकको भान्सामा सजिलै उपलब्ध हुने वस्तु हो । त्यसैले आवश्यकता अनुसार जतिबेला पनि यसको फेसप्याक बनाएर प्रयोग गर्न सकिन्छ ।

छालाको लागि वरदान प्याज
प्याजमा केही प्रकारको भिटामिन हुन्छ । यो एन्टी अक्सिडेन्टको खजाना पनि हो । यसको जुसमा एन्टी सेप्टिक, एन्टी ब्याक्टेरियल र एन्टी इन्फलेमेट्री गुण पाइन्छ । यसको नियमित प्रयोगले अनुहारको दाग हटाउन सकिन्छ ।
कसरी प्रयोग गर्ने ?

प्याज स्वास्थ्य र सौन्दर्य दुवैको लागि लाभदायक मानिन्छ । तपाईं चाहनुहुन्छ भने आफ्नो खानामा काँचो प्याज पनि सामेल गर्नुहोस् । यसलाई पिसेर फेसप्याक बनाएर पनि लगाउन सकिन्छ ।

रुखोपन हटाउने लसुन
लसुनमा भिटामिन–सी, भिटामिन बी–६, सेलेनियम, जिंक र फाइटोन्यूट्रीएट्स पाइन्छ । यसका साथै यसमा एन्टी ब्याक्टेरियल गुण पाइन्छ । यसले डन्डीफोर हटाउन पनि सघाउँछ ।

कसरी गर्ने प्रयोग ?
नियमित रुपमा एक वा दुई केस्रा लसुन सेवन गर्न सक्नुहुनेछ । यसले अनुहारको छालामा निखार ल्याउनुका साथै पेट सम्बन्धी कतिपय समस्या पनि हटाउँछ । लसुनको रस वा पेस्ट बनाएर प्रयोग गर्दा अनुहारको रुखोपन हट्छ ।

फेसप्याक बनाउने विधि
– लसुनको पाँच वटा केस्रा र एउटा प्याजलाई पानीमा सफा गर्ने । त्यसलाई मिक्सरमा राखेर पिस्ने ।
– अब यो पेस्टलाई अनुहारमा लगाउने र आधा घण्टा त्यसै छाड्ने ।
– त्यसपछि सफा पानीले अनुहार पखाल्नुपर्छ ।
– लसुनको रस निकालेर उक्त रस कपासले अनुहारको कालो दाग धब्बा भएको ठाउँमा लगाउनुपर्छ ।
– अनुहारको कुनै पनि दाग हटाउन लसुन र महको पेस्ट बनाएर स्क्रब गर्न सकिन्छ ।–अनलाइन खबर

No comments

Post a Comment