Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Tuesday, May 16, 2017

जिब्रो तथा मुखमा घाउ आएर हैरान हुनुहुन्छ ? च्वाट्नै पार्न अपनाउनुहोस् यस्तो विधि

काठमाडौं । मुखमा साना बिबिरा, मसिना सेता खालका फोकाफोकी देखिएमा तपाँइलाई निकै सताउँछ होला। मुखभित्र, जिब्रो, गिजा, ओठलगायत मुखको कुनाकानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ हुन्छ। यस्तो घाउ स-सानो एक वा धेरै मात्रामा आउन सक्छ।

त्यस्तै योे समस्या बढेर जटिल भई घाऊ ठूलो र गहिरो भएर खान बोल्नै नहुने किसिमको पनि हुन सक्छ । यसले गर्दा लगातार दुख्ने, पोल्ने,ज्वरो आउने, घाँटीको ग्रन्थि सुन्निने, दुख्ने समस्या पनि निम्तिन सक्छ।

किन आउँछ मुखमा घाउ–खटिरा ?
खासगरी शरीरमा पोषणको कमी (भिटामिन बी, सी, आइरन, प्रोटिनलगायत भोजनमा रेसादार खानाको कमी आदि) ले मुखमा घाउ हुन्छ । यसरी नै दाँत नमाझ्ने, खाना खाएर कुल्ला नगर्ने जस्ता सरसफाइको कमी, पेटसम्बन्धी रोगहरू ९कब्जियत, ग्यास्ट्राइटिस वा अम्लपित्त, अपच आदि०, पानीको कमी भएमा पनि मुखभित्र खटिरा आउने गर्छ । त्यस्तै, खाद्य विषाक्तता, सुर्ती–पानमसला, मद्यपान र धूमपान गर्ने, ब्याक्टेरिया तथा फङ्गसको संक्रमण, बढी तातो र मसलाहरू वा बढी अम्ल भएको खानपान गर्दा मुखभित्र र वरपर घाउ आउने गर्छ ।

कसरी समाधान गर्ने ?

– मनतातो पानीमा फिटकिरी मिसाएर दिनमा ३ पटक कुल्ला गर्ने । – पानी प्रशस्त पिउने तर बढी चिसो वा तातो नपिउने । – हरियो सागपात तथा फलफूलहरु मजाले चपाएर खाने । – बढी चिल्लो नखाने
– हल्का उम्रेको गेडागुडी बिहान र बिहान खाने । – पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्ने । – बदाम भिजाएर खाने ।
– मह घाउमा लपक्क लगाउने । – निमको पात चपाउने वा निम मिलाइएको मन्जनले दाँत माझ्ने । – जिरा वा खयर चपाउने यसरी पनि निको नभए डाक्टरलाई देखाउन।

बारम्बार समस्या भैरहेमा वा बिभिन्न रोगको कारण पनि मुखमा घाउ आउन सक्ने भएकोले चिकित्सक समक्ष जाँच गराउनुपर्छ। तर मुखमा आएको घाउ कस्तो छ, किन आएको हो भन्ने कुरा रोगको इतिहास, व्यक्तिगत बानी व्यवहार, लक्षणका आधारमा विशेषज्ञसँग जाँच गराएर थाहा पाउन सकिन्छ। कतिपय अवस्थामा घाउको मासु वा पीप लगायत रगतको अन्य परीक्षणहरू पनि गर्नुपर्ने हुन्छ।

खासगरी यौनरोग, मुखको क्यान्सर वा कुनै संक्रमणको कारणले भएका घाउहरू जटिल हुन सक्छन् र औषधोपचार पनि आवश्यक हुन सक्छ । यसरी नै कारण अनुरूपको उपचारका लागि चिकित्सकको सल्लाह लिनुपर्छ।

No comments

Post a Comment