डिसी नेपाल
काठमाडौं । कांग्रेस नेता गगन थापाको क्षेत्र बुढानीलकण्ठ नगरपालिकामा एमालेले अग्रता लिएको छ । एमाले उम्मेदवार उद्धव खरेलले कांग्रेसका राजु श्रेष्ठलाई तीन सयभन्दा बढी मतले पछाडि पारेका छन् । खरेल ८७९ मतसहित अग्रस्थानमा छन् भने कांग्रेसका ५५५ मतसहित दोस्रो स्थानमा छन् । तेस्रो स्थानका माओवादीका रविन अधिकारीले २४८ मत पाएका छन् । बुढानीलकण्ठमा ३० हजार ६ सय मत खसेको थियो । गणना भएका १८२५ मध्ये मेयरका २५ र उपमेयरका १४ मत बदर भएका छन् ।
No comments
Post a Comment