Latest News

Monday, May 15, 2017

मोटोपन घटाउन चाहनुहुन्छ ? नियमित अँगुर खाने गर्नुस्


मोटोपन अहिलेको जल्दोबल्दो समस्या हो । दिनानुदिन मोटोपनबाट धेरै मानिसहरु पीडित बनिरहेका छन् । मानिसहरु यी समस्याबाट बच्न विभिन्न प्रकारका खानालाई बार्ने पनि गर्छन । तर असफल सावित हुन्छ । तर मोटोपन घटाउन सबैभन्दा सजिलो उपाय अँगुरको नियमित सेवन हो ।
अँगुरको सेवनले पेटमा रहेको जिवाणुहरुलाई नष्ट गर्छ भने हाम्रो शरीरमा निम्तिने रोगहरुलाई पनि नियन्त्रण गर्ने काम गर्छ । अनुसन्धानकर्ताहरुका अनुसार अँगुरको नियमित सेवनले हृदय रोग, उच्च रक्तचाप र मधुमेहको जोखिम पनि निकै कम हुन्छ । अमेरिकाको एउटा युनिवर्सिटी अफ नर्थ कैरोलीनाले गरेको अनुसन्धानमा अँगुरमा पाइने पोलिफिनाल्सले मोटोपन घटाउँनुका साथै समग्र स्वास्थ्यमा सुधार गर्छ ।

No comments

Post a Comment