काठमाडौं– निर्वाचन आयोगले दिउँसो १२ बजेसम्म ३० देखि ५७ प्रतिशतसम्म मत खसेको बताएको छ ।आयोगका प्रवत्ता सूर्यप्रसाद शर्माले विज्ञप्ती जारी गरेर बिहान ७ बजेबाट सुरु भएको मतदान कार्यमा १२ बजेसम्ममा ३० देखि ५७ प्रतिशतसम्म मतदान भएको जनाएका छन् ।
पहिलो चरणको निर्वाचन अन्र्तगत आइतबार दिउँसो १२ बजेसम्म सवैभन्दा बढि लमजुङ,मनाङ र दैलेखमा मत खसेका छन् ।निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माका अनुसार लमजुङमा ५७ , मनाङमा ५६, डोल्पा र दैलेखमा ५५ प्रतिशत मत खसिसकेका छन् ।
त्यस्तै चितवन, तनहुँ सुर्खेत रसुवा र पर्वतमा दिउसो १२ बजेसम्म ५० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगको तथ्यांक अनुसनर सवैभन्दा कम दोलखा र रामेछापमा मत खसेका छन् । दोलखामा ३५ र रामेछापमा ३७ प्रतिशत मत खसेका छन् ।
आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लाका २८१ स्थानीय तहको निर्वाचनका लागि आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदान कार्यमा १२ बजेसम्ममा ३० देखि ५७ प्रतिशतसम्म मतदान भएको जनाएको छ ।
आयोगले सबै मतदान केन्द्रमा मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रुपमा सञ्चालन भइरहेको जनाएको छ । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाअन्तर्गतको एउटा मतदान केन्द्रमा मतदानको कार्य सुरु हुन नसकेको र सहमतिको प्रयास भइरहेको जानकारी प्राप्त भएको आयोगले जनाएको छ ।
No comments
Post a Comment