भरतपुर महानगरपालिकामा एमालेको अग्रता
चितवन, २ जेठ । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा (एमाले) का देवीप्रसाद ज्ञवाली अगाडि रहनुभएको छ ।
हालसम्म गरिएको एक हजार चार सय मत गणनामा ज्ञवाली ६८५ मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा(माओवादी केन्द्र)की रेणु दाहालले ५२८ मत प्राप्त गर्नुभएका छ । यस्तै राप्रपाका बद्री तिमिल्सिनाले ३७ मत प्राप्त गर्नुभएको छ ।
उपप्रमुखमा नेपाली काँग्रेसकी पार्वती शाहले ६०४, नेकपा(एमाले)की दिव्य शर्मा आचार्यले ५९९ र राप्रपाकी रिना गुरुङले ४७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वडा नं १ बाट मतगणना सुरु गरिएको हो । सो वडामा अध्यक्षमा एमालेका उम्मेदवार अगाडि हुनुहुन्छ । सोमबार अपराह्न ४ः३० बजेदेखि निरन्तर मतगणना गरिए पनि हालसम्म एक हजार ४०० मत मात्र गणना गरिएको हो ।
No comments
Post a Comment