Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Tuesday, May 16, 2017

देश लाई दुर्घटना बाट बचाउँन एमालेकै नेतृत्व आवश्यक छ -मन्त्रि गगण थापा

काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री रहेका नेपाली कांग्रेसका नेता गगन थापा एकाएक पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पुगेको प्रसङ्ग यतिबेला चर्चामा छ ।
नेपाली कांग्रेस र माओवादी केन्द्रले सत्ताबाट हटाएर प्रतिपक्षमा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई वर्तमान सरकारका मन्त्रीले निवासमै पुगेर भेट्नुपर्ने विशेष कारण के थियो ? गगन थापालाई भेट्नका लागि ओलीले बोलाएका थिए वा गगनले नै भेट्न चाहेकाले बालकोट पुगेका थिए, धेरैको चासोको विषय बनेको छ यतिबेला ।
हुन पनि ओली र थापाबीच भएको भेटको खुलासा उनै थापाले एउटा पत्रकार भेटघाटमा गरेका हुन् । नेपाली कांग्रेसका नेता कृष्ण सिटौला प्यानलले गत शुक्रबार काठमाडौं तीनकुनेमा आयोजना गरेको पत्रकार भेटघाटमा थापाले ओलीसँग भेटेको प्रसङ्ग उप्काएका हुन् ।

थापाले पूर्वप्रधानमन्त्री केपी ओलीसँगको भेटपछि मुलुक दुर्घटनामा पर्न लागेको र अहिलेको सरकारले निर्वाचन गर्न नसक्ने निष्कर्षमा आफू पुगेको बताएका थिए ।

यसरी भएको थियो ओली र थापाको भेट
स्वास्थ्यमन्त्री गगन थापा ओली निवास बालकोट पुगेका थिए । साँझ करिब ७ बजेतिर बालकोट पुगेका थापा र ओलीबीच करिब २ घण्टा छलफल भएको थियो । स्रोतले भन्यो, ‘स्वास्थ्यमन्त्री थापा ओलीलाई भेट्न घरैमा आएका थिए । उनीहरुबीच बर्तमान राजनीति र देशको भविष्यका बारेमा करिब २ घण्टा लामो छलफल भयो ।’

भेटमा थापाले मनमोहन स्वास्थ्य प्रतिष्ठान विधेयक, चिकित्सक गोविन्द केसीको अनसन र उनले उठाएका मागका विषयमा केपी ओलीको सुझाव लिएका थिए ।

मन्त्री थापा र ओलीबीच प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण, सम्भावित निर्वाचनका विषयमा छलफल भएको थियो । भेटमा अध्यक्ष ओलीले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आगामी निर्वाचन र संविधान कार्यन्वयनको विषयमा संसय व्यक्त गरेका थिए । साथै, अध्यक्ष ओलीले वर्तमान सरकारको क्रियाकलाप हेर्दा देश दुर्घटनामा जानसक्ने भन्दै सतर्क रहनुपर्ने धारणा राखेका थिए ।

थापाले पनि ओलीलाई वर्तमान सरकारको कार्यशैलीप्रति आफु पनि सन्तुष्ट नरहेको बताएका थिए । थापालाई उद्घृत गर्दै स्रोतले भन्यो, ‘सरकारको कार्यशैली हेर्दा देश दुर्घटनामा जान्छ जस्तो लागिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले यो अवस्थाबाट मुलुकलाई पार लगाउन सक्नुहुन्छ जस्तो मलाई लाग्दैन । नेपाली कांग्रेसको नेतृत्वले पनि यो अवस्थाबाट उन्मुक्ति दिन सक्छ जस्तो मलाई लागेको छैन ।’

थापाले शान्ति सम्झौतादेखि संविधान निर्माणसम्म दलहरुबीचको सहकार्यकै कारण सम्भव भएको स्मरण गराएका थिए । भेटमा थापाले भनेका थिए, ‘शान्ति सम्झौता हुँदै यहाँसम्मको यात्रा तय गरिएको छ । अब पनि दलहरुबीच मेलमिलाप आवश्यक छ । बरु नेतृत्व परिवर्तन गर्नुपर्छ भने पनि त्यसका लागि म पार्टीभित्र छलफल चलाउँछु । दलहरुबीच सहमतिका लागि नेतृत्वदायी भुमिका खेल्नुपर्यो ।’

त्यस्तै, मन्त्री थापाले एमालेकै नेतृत्वमा भए पनि मुलुकलाई दुर्घटनाबाट जोगाउनुपर्ने बताएका थिए ।

त्यसपछि अध्यक्ष ओलीले देशलाई दुर्घटनाबाट जोगाउनुपर्ने आवश्यक्ता रहेको बताउँदै आफुले भने नेतृत्व नगर्ने मनसायमा राखेका थिए । अध्यक्ष ओलीले वर्तमान सरकार राष्ट्रघाती भएको बताउँदै आगामी दिनमा सरकारले गर्ने कामको विषयमा आशंका व्यक्त गरेका थिए ।

No comments

Post a Comment