रन्जु दर्शना दिदिलाई खुल्ला पत्र :
आदणीय दिदि रन्जु दर्शना, नमस्कार दिदि,यो पत्र कुनै पनि पार्टिगत अथवा कुनै पनि संस्थागत नभइ व्यक्तिगत हो जो यस काठमान्डौ मात्र नभइ नेपालकै सिस्टम देखिनै वाक्क छ । ठिक उस्तै जसले गर्दा तपाईलाई नेपाली राजनितिमा प्रवेस गर्न बाध्य बनायो । यो एक पत्र मात्र नभइ एक आस हो जुनले म मात्र नभइ म जस्ता लाखौं युवा आफ्नो सपना बोकि राजधानि छिर्छन र त्यतैबाट बिदेशिन वाध्य हुन्छन,ति सबैको प्रतिनिधित्व गर्दछ ।
विगत लामो समय देखी युवाहरूले त्यसमाथि पनि महिलाहरूले बिशेस गरि राजनितिमा केही गर्न सक्दैनन भन्ने पट्टि जनताको आखामा बाधिरैयो अनि बुढा-खाडालाई नै अनुभवको बहाना बाजि चलाउंदै सत्त्तामा पुराइरैयो । र आखिरमा जनताले के पायो? भाषण?झुटो प्रतिबद्धता? आदी इत्यादी ।हात्ति आयो हात्ति आयो आखिर फुस्सनै भइरयो ।
सबैको मनमा निभिसकेको राजनितिको दिपमा फेरी तेल थप्दै नया प्रदिप लिगेर नयां आसको रूपमा तपाई आउनुभएको छ दिदि । चेतन रहोस ! त्यो आसको उज्योलो कत्ति पनि कम नहोस । जुन आगो लिएर तपाई प्रवेश गर्नु भाकोछ पक्कै पनि धेरै माथि पुग्नुहुनेछ तर खबरदार! त्यो आगोले गरिबको घरको चुलो बलोस कसैको घरको छानो होइन ।
पुरूषबाध यो समाजमा महिला शोषणमा रमाउने भोका स्यालहरूको बिचबाटै तपाई माथि उठ्नु भएको छ । महिला केहि गर्न सक्दैनन भन्नेहरूलाई गतिलो झापड हो तपाई । जय होस या पराजय,यो झापडको असर युग-युग संम रहिरहोस ।
राजनितिको बाटोबाट देशको स्वरूप खोज्ने युवाहरूको नया दिप र प्रेरणाकि खानी तपाई , आशाको दियोमा निराशाको तेल तपाईद्वारा कहिल्यै नभरियोस ।
विजयि भब: जय देश जय नेपाल
तपाईका सुभचिन्तक विशाल अर्याल
घर पाल्पा बसाई:राजधानि
No comments
Post a Comment