काठमाडौं । कांग्रेस गठबन्धनकी माओवादी केन्द्रकी मेयर उम्मेद्वार रेणु दाहाल एमालेका उम्मेदवार
देवी ज्ञवालीभन्दा पछाडी छिन् ।
भरतपुर महानगरपालिका वडा नम्बर १ को गणना सम्पन्न हुँदा एमालेका मेयर उम्मेदवार ज्ञवालीले अग्रता कायमै राखेका छन् ।
कांग्रेस उम्मेदवार जयराम श्रेष्ठ भरतपुर १ मा वडाध्यक्षमा विजयी भएका छन् । यसले दाहाललाई भोट नदिएर गठबन्धनले अन्तर्घात गरेको आशंका गरिएको छ ।
एमालेका ज्ञवालीले १५१३ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ११३५ मत प्राप्त गरेकी छन् ।
त्यस्तै उपमेयरतर्फ माओवादी–कांग्रेसका गठबन्धनबा कांग्रेसकी पार्वती शाहले १४०१ मत ल्याएकी छन् भने एमालेका दिव्या शर्माले ११८८ प्राप्त गरेकी छन् ।
No comments
Post a Comment