Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Tuesday, May 16, 2017

काठमाडौं महानगरमा २० हजार मत बदर ! घाटा कसलाई ?

अनलाइनखबर
२ जेठ काठमाडौं । काठमाडौं महानगरपालिकामा १ हजार मत गणना गर्दा १०७ मत बदर भएको छ । यो संख्या भनेको खसेको मतको १० प्रतिशत हो । अब यही रुपमा बदर मतको संख्या कायम रहेमा मतगणना गरिसक्दा २० हजारभन्दा बढी मत बदर हुने देखिएको छ ।यति ठूलो संख्यामा मत बदर भएमा त्यसबाट सबैधन्दा बढी घाटा कसलाई होला ? एमाले, कांग्रेस वा साझा पार्टीलाई ?
सामान्यरुपमा हेर्दा बदर मतको बेफाइदा एमाले र कांग्रेसलाई नै हुन सक्ने देखन्छि । कसरी ? हेर्नुहोस् विश्लेषणः

काठमाडौंको बिजेताले कति मत ल्याउनुपर्ला ?

काठमाडौं महानगरपालिकाका कुल मतदाता संख्या हो- २,७९३०५

मत खसेको (७६ प्रतिशत) आधारमा हेर्दा महानगरपालिकामा खसेको मत संख्या हो करिब- २,१२,०००

यो संख्यामा अहिलेको जस्तै १० प्रतिशत मत बदर भयो भने बदर हुने कुल मतसंख्या करिब २१००० हुनेछ ।

यो स्थितिमा हारजितका लागि गणनायोग्य मतसंख्या लगभग १९१००० बाँकी रहनेछ ।

यो सदर मतसंख्यालाई कम्तिमा चार जना उम्मेदवारवीच विभाजन गर्दा काठमाडौंको मेयरमा बिजेताले लगभग ६० हजार मत ल्याउनुपर्ने हुन्छ । यसलाई लचकदार रुपमा के पनि भन्न सकिन्छ भने काठमाडौंको मेयरको विजेताले लगभग ५० हजारभन्दा बढी मत ल्याउनैपर्ने हुन सक्छ ।

बदर मत कसको ?

यो निर्वाचनमा कसैले २० हजार मत एक मुष्ट काट्यो भने सम्भावित विजेताका लागि त्यो निकै दुःखको विषय बन्न सक्छ ।

कुनै तेस्रो पार्टीले १०/१५ हजार मत काट्दा आफूलाई घाटा हुने विश्लेषण गरिरहेका कांग्रेस र एमालेका लागि बदर मत नै २० हजार पुग्नु भनेको निकै ठूलो त्राशदीको विषय हो । किन भने त्यसैको मत बढी बदर हुन्छ, जो जित्ने सम्भावना रहेको हुन्छ ।

सामान्यतः २० हजार मत बदर भयो भने त्यसमा कांग्रेस र एमालेकै बढी क्षति हुन्छ । र, कांग्रेस र एमालेलाई त्यसरी क्षति पुग्यो भने यसको साझो फाइदा किशोर थापा वा रञ्जु दर्शनालाई पुग्न सक्छ ।

प्रथमतः क्यामेरा र स्टकोट चिन्ह एउटा/एउटा मात्रै भएकाले लहरै भएका रुख र सूर्यमा जस्तो किशोर र रञ्जुको मत कम बदर हुनु स्वाभाविकै हो ।

दोस्रो- जितको सम्भावनामा पहिलो र दोस्रो लहरमा रहेका दलहरुको मत भटाभटी बदर भइदिँदा त्यसको फाइदा स्वाभाविकरुपमा तेस्रो र चौथोमा भिडिरहेका उम्मेदवारहरुलाई हुन सक्छ ।

मतगणना स्थलको भित्री तस्वीर

मत गणनामा बसेकाहरुका अनुसार मेयरमा मत बदरको ट्रेन्डमा केही रोचक देखिएको छ । साझा पार्टी समर्थित किशोर थापालाई मत दिने धेरै मतदाताको मत बदर भएको देखिँदैन । किशोरलाई मत दिएपछि बाँकी ५ भोट धेरै कांग्रेसलाई गएको छ । उद्यपि किशोरले एमालेको भोट काटेकै छैन भन्ने अवस्था छैन ।

ठीक विपरीत मेयरमा विवेकशीलकी रञ्जु दर्शनालाई भोट दिनेले बाँकी भोट भने धेरैतिर छरिएको छ । गणनास्थलका एक प्रतिनिधिले दिएको जानकारी अनुसार रञ्जुलाई मेयरमा भोट दिनेले मेयरमै सूर्य वा रुखमा पनि मेयरमा मत दिएको पनि भेटिएको छ, जुन मत मेयरमा कसैले पनि पाउने छैन् । रञ्जुले ‘बदर गराएको’ यस्तो मतको संख्या रुखको तुलनामा सूर्यको बढी छ ।

काठमाडौं महानगरपालिकाको सुरुवाती मत गणनाको ट्रेन्ड हेर्दा वडा नम्बर १ को १५० भोट गणनामा किशोर थापाको एउटा पनि बदर नभएको एक गणकले जानकारी दिए । त्यस्तै ६०० मत गन्दा मेयर र उपमेयरको ६७ मत बदर भएको थियो भने अन्य उम्मेदवारको मत बदर संख्या १०० कटेको छ ।

No comments

Post a Comment