Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Tuesday, May 16, 2017

कामदारको सिउँदोमा दलितले सिन्दुर हालेपछि पूर्वमन्त्री पुगे प्रहरीमा

राजेश भण्डारी
काठमाडौं, जेठ २–आफ्नो घरमा काम गर्ने युवतीलाई दलित युवाले भगाएपछि पुर्वमन्त्री कृपाशुर शेर्पा चोरीको उजुरी बोकेर प्रहरीको शरणमा पुगेका छन् । 
केही दिनअघि शेर्पाको घरमा काम गर्न बसेकी डोल्मा शेर्पालाई धनकुटा मुगा स्थायी घर भएका दिपेश बराईलीले भगाएर विवाह गरेका थिए ।
ईलाम नयाँबजार स्थायी घर भएकी डोल्मा विगत एक बर्षदेखि कृपाशुरको घरमा काम गर्दै आएकी थिईन् ।

यसरी आफ्नो घरमा काम गर्ने डोल्मालाई दलित युवाले सिन्दुर हालेपछि छुटाउने प्रयासस्वरुप शेर्पाले केही दिनअघि महानगरीय प्रहरी वृत गौशालामा दिपेशको बिरुद्ध सुन चोरेको जाहेरी दिएका हुन् ।  जाहेरीमा पूर्व पर्यटनमन्त्री शेर्पा आफैंले हस्ताक्षर गरेका छन् ।
‘दिपेश बराईलीको बिरुद्ध सुन चोरीको जाहेरी परेको छ’ महानगरीय प्रहरी वृत गौशालाका डिएसपी नवराज कार्कीले भने,‘आज (मंगलबार) छलफलको लागी बोलाएको छु ।’

आफ्नो छोराले अन्तर्जातिय विवाह गरेको र सो विवाह असफल गराउन पुर्वमन्त्री शेर्पाले छोरामाथी अनर्गल आरोप लगाएको दिपेशका वाबु गोपाल बराईलीले दाबी गरेका छन् ।
शेर्पाले आफ्नो घरमा पसेर दिपेशले साँढे दुई तोला सुन चोरेको जाहेरी दिएका छन् ।
रातोपाटीसँग कुरा गर्दैै दिपेशका बावु गोपालले सुन चोरेको कुरा अस्विकार गर्दै भने, ‘बिना प्रमाण आरोप लगाएर मात्र हुन्छ ?, अन्तर्जातिय विवाह असफल बनाउन यो कदम चालिएको हो, अब म राष्ट्रिय दलित आयोगमा उजुरी हाल्छु ।’

पुर्व मन्त्री शेर्पाले बराईली परिवारसँग सुनको मुल्य बराबरको १ लाख २५ हजार रुपैयाँ मागेका छन् । बराईली परिवारले सुन चोरेको कुरा अस्विकार गर्दै आएको छ ।
गत शनिवार र आईतबार दुई दिनसम्म गौशाला प्रहरीले दिपेश र डोल्मालाई गैरकानुनी रुपमा हिरासतमा राखेको थियो । आईतबार अबेर गौशाला वृतमा पुगेका कृपाशुर शेर्पाका छोरा फुर्वा शेर्पाले डोल्मालाई कुटपिट समेत गरेको बताईएको छ ।
फुर्वाले दवाव दिएर डोल्मालाई दिपेशले सुन चोरेको कुरा पुष्टि गराउन खोजेको गोपालले दाबी गरेका छन् ।
दिपेश चावहिलको भेटघाट दोहोरी साँझमा काम गर्थे । त्यहि दोहोरीमा डोल्मा र दिपशको बीचमा चिनाजान भएको र पछि विवाह भएको बताइएको छ ।ratopati

No comments

Post a Comment