Latest News

Monday, May 15, 2017

प्रचण्ड पुत्रीको महानगरमा सर्वदलीय बैठकमा चर्काचर्की, मतगणना अनिश्चित

डिसी नेपाल 
चितवन । सर्वदलीय बैठकमा चर्काचर्की परेपछि माओवादी अध्यक्ष प्रचण्डकी छोरी रेणु दाहाल मेयर पदमा उम्मेदवार रहेको चितवनको भरतपुर महानगरपालिकामा मतगणना अनिश्चित भएको छ । मतगणनाको तयारीका लागि बसेको सर्वदलीय बैठकमा दलहरुबीच विवाद भएपछि मतगणना अनिश्चित बनेको हो । 
दुई घण्टादेखि बसिरहेको सर्वदलीय बैठकमा दलहरुबीच विवाद भएपछि कुनै निश्कर्ष निस्कन सकेको छैन । यहाँ मेयर पदमा प्रचण्डपुत्री रेणुलाई कांग्रेसले समर्थन गर्ने र उपमेयरमा कांग्रेसलाई माओवादीले समर्थन गर्ने गरी चुनावी समीकरण बनेको थियो । प्रचण्डपुत्रीको उम्मेदवारी र दुई ध्रुवीकृत दलबीचको चुनावी समीकरणका कारण यहाँको निर्वाचनलाई महत्वका साथ हेरिएको छ । 

No comments

Post a Comment