हेटौंडा, ३१ वैशाख – मकवानपुरमा सुरक्षाकर्मी र अज्ञात समुहबीच दोहोरो गोली हानाहान भएको छ । शनिबार राती करिब १० बजे मकवानपुरको हाँडीखोला बुथकेन्द्र नजिकै दोहोरो गोली हानाहान भएको हो ।
गोली हानाहानबाट कुनै मानवीय क्षति भने भएको छैन । हाँडिखोलामा नेकपा (माओवादी केन्द्र) का वडाध्यक्षका उम्मेदवार रामकुमार उप्रेती अपहरणमा परेपछि उनलाई खोज्ने क्रममा गोली चलेको बताइएको छ । सुरक्षाकर्मीलाई गोली चलाउने विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता हुनसक्ने आशंका गरिएको छ ।dainikonline
No comments
Post a Comment