सुनौलो न्यूज संबाददाता
झापा। झापासहित पूर्वका १६ जिल्लामा पछिल्लो नौं महिनामा दुई सय ४६ जना महिला जवरजस्ती करणीको शिकार बनेका छन् ।पूर्ब क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले सार्बजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्त सम्ममा पूर्वमा दुई ४६ महिला जवरजस्ती करणीका शिकार भएका हुन् ।
पूर्ब क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरका सूचना अधिकारी सन्तोष निरौलाका अनुसार मोरङ, झापा, सुनसरी, इलाम लगायतका जिल्लामा जवरजस्ती करणीका घटना बढी घटेका छन् । उहाँका अनुसार मोरङमा सबैभन्दा बढी महिला बलात्कृत भएका छन् । नौ महिलामा मोरङमा ४६ महिला बलात्कृत भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै झापामा ४३, सुनसरीमा ४२, इलाममा २७, सिराहामा १८, पाँचथर, उदयपुर र सप्तरीमा १०–१०, भोजपुरमा ९, ताप्लेजुङ, धनकुटा र संखुवासभामा ६–६, सोलुखुम्बुमा ४, खोटाङ, ओखलढुंगा र तेह्रथुम जिल्लामा ३–३ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएको पूर्ब क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरका सूचना अधिकारी निरौलाले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार आर्थिक वर्ष २०७१÷०७२ मा पूर्वमा ३ सय ४ जना महिला बलात्कारको सिकार बनेका थिए भने आर्थिक वर्ष २०७२÷०७३ मा २ सय ८८ जना महिला बलात्कृत भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।प्रहरीका अनुसार चालू आर्थिक वर्षको ९ महिनामा १ सय ९ जना महिलामाथि जबरजस्ती करणीको प्रयास भएको बताइएको छ ।
आर्थिक वर्ष २०७१÷०७२ मा १ सय ५५ महिलालाई बलात्कारको प्रयास गरिएको थियो भने २०७२÷०७३ मा १ सय ३० जना महिलामाथि जवरजस्ती करणीको प्रयास भएको पूर्ब क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरका सूचना अधिकारी निरौलाले जानकारी दिनुभयो ।
No comments
Post a Comment