Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Saturday, May 13, 2017

तितो करेलाले कस्ता रोगहरु निको पार्छ ? थाहा पाईराख्नुहोस्

खादा कति पयलाई करेलाको तितो स्वाद मन पर्दैन त कति पयलाई अत्याधिक मन पर्छ । स्वादका हिसावले मन पर्नु अथवा नपर्नु भन्दा स्वास्थ्यका हिसावले कस्ता खाले मानिसले करेलाको सेवन गर्नु हुन्छ भनेर सामान्य जानकारी राख्नु अत्यावस्यक छ । करेला एन्टिअक्सिडेन्ट र भिटामिनले भरिपूर्ण हुन्छ । करेलामा भिटामिन ए, भिटामिन बि, भिटामिन सि, फाइबर, क्याल्सियम, पोटासियम, जिङक, फलाम, कपर तथा फोस्फोरस हुन्छ । तितो करेलामा पाईने यस्ता तत्वहरु हाम्रो शरिरमा निक्कै महत्वपूर्ण भूमिका खेल्छन् । केहि रोगीका लागि त करेला सेवन लाभदायक छ । आज करेलाका ९ फाईदाका बारेमा चर्चा गरौं ।
श्वासप्रश्वास समस्यामा ताजा करेला दम, रुघाखोकीजस्ता श्वासप्रश्वासको समस्या भएका विरामीका लागि अत्यन्तै लागदायक हुन्छ ।
लिभर टनिक दैनिक एक गिलास करेलाको जुसले कलेजोको समस्या समाधान हुन्छ । तर, अहिले खाएर भरेनै यसको असर खोज्नुभयो भने तपाई गलत साबित हुनुहुने छ । यसले स्वास्थ्यमा पारेको सकारात्मक असर बुुझ्न कम्तीमा पनि एक साता करेलाको जुस पिउनुु पर्ने हुन्छ ।

रोग प्रतिरोधक पानीमा उमालेको करेलाको पात दिनहुँ खानाले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ ।

डण्डीफोरमा करेलाको सेवनले डण्डीफोर, दागलगायतका छालाको संक्रमण हटाउनुका साथै रगतमा भएको अनियमितता हटाउछ । कागती मिसाएको करेलाको जुस ६ महिनासम्म खाली पेटमा खानाले अनुहारको सुन्दरतामा निखार ल्याउछ ।

मधुमेह करेलाको जुसले टाइप टु मधुमेहलाई सबैभन्दा बढी लाभ मिल्छ । चिनिया र भारतीय प्राचिन चिकित्सा पद्दतिमा करेला लामोसमयदेखि प्रयोग हुँदैं आएको विश्वास गरिन्छ । हालै भएका अनुसन्धानले पनि यसलाई पुष्टि गरेको छ । इन्सुलिनको अभाव वा विकासका प्रतिरोधकका कारण कोषहरुले रगतबाट सुगरको मात्रा लिन असफल भएमा टाइप टु मधुमेह लाग्छ । दुवै अवस्थामा कोषहरु सुगर लिन असमर्थ रहन्छन् । किनासे नामका प्रोटिन सक्रिय नहुँदा कोषले सुगर लिन नसक्ने भएकाले करेलाले किनासेहरुलाई सक्रिय बनाउछन् । करेलामा रहेका केही रासायनिक तत्वहरुले पनि इन्सुलिनको जस्तै काम गर्छन, जसले रगतमा सुगरको मात्रा कम गर्न मद्दत गर्छन् ।
कब्जियतमा यसमा भएका फाइबरहरुले खाना पचाउन मद्दत गर्छन् । यसले गर्दा कब्जियतको समस्या पनि हट्छ ।
छालाको समस्यामा करेलाको नियमित सेवनले छालालाई चम्किलो राख्न मद्दत गर्नुका साथै दागरहित बनाउन मद्दत गर्छ । छालाका रोग तथा संक्रमण हटाउछ । यसमा भएको भिटामिन सिले चाउरीपना हटाउछ ।
मिर्गौला र ब्लाडर यसले कलेजो र ब्लाडरलाई स्वस्थ बनाउन मद्दत गर्छ । यसका साथै मिर्गौलाको पत्थरी हटाउन पनि सहयोग गर्छ ।
मुटुको रोग यो मुटुको समस्याका लागि पनि लाभदायी मानिन्छ । यसले शरीरमा भएको खराब कोलेष्टेरोल हटाई हृदयाघात हुने सम्भावना कम गर्छ । यसले रगतमा चिनीकोमात्र घटाई मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।

तौल घटाउन यसमा भएका एन्टिअक्सिडेन्टले शरीरलाई स्वस्थ राख्छ । यसले मेटाबोलिजम र पाचन प्रणालीलाई सुधार गर्ने भएकाले चााँडो चाँडो तौल घटाउन यसले मद्दत गर्छ ।

No comments

Post a Comment