भनिमण्डल चोकबाट जाउलाखेलतिर लाग्नेबित्तिकै डिएनएन न्यूज नेटवर्कको बोर्ड देखिन्छ । बोर्ड टाँगिएकै तलामा अफिस हो,’ मैले उनको सहयोगीलाई ठेगाना टिपाएको थिएँ । उनी भनेको समयभन्दा पाँच मिनेट अगाडि नै आइपुगिन् ।उनलाई गेटबाटै ‘फलो’ गर्न मैले फोटोपत्रकार बिजु महर्जनलाई भनिसकेको थिएँ । उनी लेन्स मिलाउँदै हत्तपत्त तल ओर्लिन् । एक तलामाथिबाट मैले हेर्दा उनी गाडीबाट ओर्लिंदै थिइन् । उनको आँखा बोर्डसँगै ममा पर्यो । मैले नमस्कार गरेँ, उनले नमस्कार फर्काउँदै आफ्नो ‘सिग्नेचर’ मुस्कान मुस्कुराइन् । सहयोगीलाई मैले माथि आउन इशारा गरेँ । ‘रातोपाटी गेस्टरूममा स्वागत छ,’ म अलि औपचारिक हुँदै उनलाई सोफामा बस्न भनेँ । ‘धन्यवाद’, उनले रातोपाटी गेस्टरूम लेखिएको भित्तो हेर्दै भनिन् ।
केही अनौपचारिक कुराकानी भयो । केही उनले सोधिन्, केही मैले । उनी सहजै खुलिन् । पूर्वयुवराज्ञी भनेर दकस मान्नुपर्ने कुनै व्यवहार थिएन । त्यसो त, जनसाधारणसँग घुलमिल हुने हिमानीको स्वभाव यसअघि नै चर्चा भइसकेको विषय हो ।कफी आइपुग्यो । मैले रेकर्डर अन गरेँ । बिजु क्यामेराको लेन्स मिलाउन थालिन् । ‘ल, अब कफी पिउँदै अनौपचारिक ढंगले कुराकानी गरौं । म धेरै प्रश्न गर्दिनँ । थिम बुझिहाल्नुभयो, सरर बोल्नुहोला, केही छुटेझै लाग्यो भने बीचमा सोधुँला ।’, मैले भनें । ‘हुन्छ,’ उनको सिग्नेचर मुस्कान फैलियो । बिजुले एक स्न्याप लिन भ्याइहालिन् ।nayakhoj
No comments
Post a Comment