काठमाडौं,बैशाख २१ – महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका डाक्टरले एक युवको छिनेको हात जोडेका छन् । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) बाट अध्ययन गरेका डाक्टरहरुको टिमले २० वर्षीय युवाको छिनेको हातको सफल शल्यक्रिया गरेका हुन् । यो । सेकेन्ड जेनेरेसन (दोस्रो पुस्ता)ले गरेको यो पहिलो शल्यक्रिया हो।
भक्तपुर जगातीका २० वर्षीय महेस तिमल्सिनाको छिनेको हात करिब ७ घण्टा लामो शल्यक्रियापछि जोडिएको हो। काठ चिर्ने मेसिनले तिमल्सिनाको नाडीबाट हात छिनाएको थियो। तिमल्सिनालाई आफन्तले सोमबार साँझ ५ बजेतिर अस्पताल ल्याएका थिए।
उनको शल्यक्रिया डा. लोहनी र डा.जयनमान श्रेष्ठको निगरानीमा आइओएमबाट प्लास्टिक सर्जरीमा एमसिएच गरेका डा. संगम रायमाझी, एमएसिएच अध्ययनरत डा. कृष्ण मानन्धर र डा. समित शर्माले गरेका हुन्। डा. भीम सिग्देलको टोलीले भने हातको छिनेको हाडको शल्यक्रिया गरेको थियो। यस्तै, एनेस्थेसियामा डा. अमित भट्टाराईको टोली थियो।
No comments
Post a Comment