Latest News

Sunday, May 7, 2017

यस्ता फोटो देखेर विचलित हुनुहुन्छ भने तपाईंलाई हुनसक्छ यस्तो रोग

एजेन्सी

बैशाख २४ – फोबिया अर्थात् डर । वैज्ञानिकका अनुसार कुनै कुरासँग लगातार डराउनु नै फोबिया हो । थुप्रै मानिसहरुलाई यसको कारणले प्यानिक अट्याक पनि हुन्छ । हाइड्रोफोबिया (पानीसँग डर) र एक्रोफोबिया (उचाईसँग डर) को बारेमा तपाईंले सुन्नुभएको होला तर आज हामी तपाईंलाई यस्ता ७ फोबियाबारे जानकारी दिँदैछौं जसबारे निकै कम मानिसलाई थाहा छ ।

माथिको फोटो हेरेर विचलित हुनुभयो भने बुझ्नुहोस् ट्राइपोफोबियाः
– ट्राइपोफोबिया साना प्वाल र अचम्मका प्याटर्न देखेर लाग्ने डरलाई भनिन्छ ।

– केही समय पहिले इन्टरनेटमा यो फोबियाको विषयमा थुप्रै फोटो सार्वजनिक भएको थियो ।

– केही अनुसन्धानकर्ताका अनुसार अनलाइनमा तस्बिर हेरेर विचलित भएर उक्त फोबियाको शिकार भएको भनी मानिसहरुले यस्तो दाबी गरिरहेका थिए ।

– हुन त अमेरिकन साइकायट्रिक असोसियसनलाई आधिकारीक रुपमा यो फोबियाको एकजना पनि रोगीबारे थाहा नभएको बताएको छ तर इन्टरनेटमा हज्जारौं मानिसहरुले आफूलाई यो फोबियाबाट ग्रस्त बताएका छन् ।
२. डिस्मोर्फोफोबियाः

– यो फोबियाको शिकार मानिसहरु आफ्नो फिगरबारे निकै तनावमा हुने गर्दछन् । आफूलाई परफेक्ट बनाउनका लागि कुनै पनि हदसम्म जान तयार हुन्छन् ।

– यस्ता मानिसहरु पहिलेदेखि नै दुब्ला हुन्छन् तर आफूलाई मोटो सम्झेर तौल यतिसम्म घटाउँछन् कि उनीहरुका लागि घातक हुने गर्दछ ।

– धेरैजसो मानिसहरु यो फोबियालाई बुझ्दैनन् । उपचार नहुँदा थुप्रै मामलामा व्यक्तिले आत्महत्या गर्ने गर्दछन् ।
३. पोगोनोफोबियाः

– यो फोबिया धेरैजसो प्युबर्टीसँग गुज्रिरहेका पुरुषमा देखिन्छ ।

– यसमा ती पुरुषहरुलाई दाह्रीसँग डर लाग्छ ।

– यसको शिकार मानिसहरु आफ्नो अनुहारमा थोरै रौं देख्दा पनि निकै तनावमा हुने गर्दछन् ।
४. प्युपाफोबियाः

– यो फोबियाका शिकार मानिसहरुलाई काठको पुतलीसँग डर लाग्छ ।

– यो डरको सुरुवात बाल्यकालदेखि नै हुन्छ ।

– यस्ता बिरामीहरु काठको पुतलीलाई जिउँदो सम्झिएर डराउने गर्दछन् । यसको शिकार थुप्रै मानिसहरुले यसलाई सपनामा पनि देख्ने गर्दछन् जसमा काठको पुतलीले उनीहरुको हत्या गर्न खोजेका हुन्छन् ।

५. स्पेक्ट्रोफोबियाः

– यो फोबियाको शिकार मानिसहरुलाई ऐना हेर्न डर लाग्छ ।

– उनीहरुले ऐनामा केही छायाँ देखिरहेका हुन्छन् ।

– धेरै हरर मुभी हेर्ने भएकाले मानिसहरु यो फोबियाको शिकार हुने गर्दछन् ।
६. हेक्साकोसीहेक्सोकोनटाहेक्सोफोबियाः

– यो फोबियालाई साधारण भाषामा ६६६ भनिन्छ ।

– यो फोबियाको सम्बन्ध अन्धविश्वाससँग जोडिएको छ । केही मानिसहरुले ६६६ शैतानसँग जोडिएको अंक भन्ने गर्दछन् । यो कुरा बाइबलमा पनि भनिएको छ ।

– सन् २००६ मा ६ जून अर्थात् ६ /६ /०६ का यस्ता थुप्रै घटना सार्वजनिक भए जसमा गर्भवती महिलाले डाक्टरसँग कुरा गरेर आफ्नो बच्चालाई जन्म दिनका लागि मीति सारेका थिए ।
७. अब्लूटोफोबियाः

– यो फोबियाका शिकार मानिस सधैं सफा–सुग्घर बारे सोच्ने गर्दछन् ।

– सानोभन्दा सानो काम गरेपछि पनि उनलाई नुहाउन मन लाग्छ ।

– हुन त यसको शिकार कोही पनि हुनसक्छन् तर धेरैजसो महिला र बच्चा नै यसको शिकार हुने गर्दछन् ।

No comments

Post a Comment