दोलखामा अप्रिय चुनावी हिंसा भएको छ, जहा एक युवाको ज्यान गएको छ। स्थानीय तह निर्वाचनको यो पहिलो ठूलो हिंसाको खबर हो।
चुनावको दिन आउन चारदिन बाँकी रहदा भएको यो हिंसाले दल र नेतृत्वलाई थप गम्भीर भएर कार्यकर्ता पंक्तिलाई अनुशासनमा बाँध्न र लगाम लगाउन प्रेरित गरोस्। त्यसको सुरूवात हिंसामा संलग्नलाई दलीय नजरले हैन कानुनी नजरले हेरेर तत्काल दण्ड गरेर मात्र हुनेछ।
एमाले उम्मेद्वारका छोराको मृत्यु
नेकपा माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणमा दोलखाका एक एमाले उम्मेदवारका छोराको मृत्यु भएको छ।
‘दुईवटा बाइकमा आगजनी भएको छ,’ दोलखा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक प्रेमसागर शाहीले डिसी नेपालसँग टेलिफोनमा भने –‘ढुंगामुढा सहित आक्रमण गरेपछि गम्भीर घाइते भएका एकजनाको ज्यान गएको देखिन्छ।’
मंगलबार राति ९ बजे आसपास गौरीशंकर गाउँपालिका-२ जुगुस्थित एक होटलमा छलफल गरेर बसेका १० देखि १५ जना एमाले कार्यकर्तामाथि माअोवादीले आक्रमण गरेका हुन्। एक सय भन्दा बढीको संख्यामा आएका माअोवादी कार्यकर्ताले ढुंगामुढा गरेका प्रत्यक्षादर्शीको वयान र घटनास्थलको प्रकृतिबाट थाह लागेको प्रहरीले बताएको छ।
सोही वडाका एमाले वडा सदस्यका उम्मेदवार गोरे तामाङका छोरा कुलबहादुर तमाङको मृत्यु भएको हो।
‘दुईवटा बाइकमा आगजनी भएको छ,’ दोलखा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक प्रेमसागर शाहीले डिसी नेपालसँग टेलिफोनमा भने –‘ढुंगामुढा सहित आक्रमण गरेपछि गम्भीर घाइते भएका एकजनाको ज्यान गएको देखिन्छ।’
दोलखाका प्रहरी प्रमुख डिएसपी रविन कार्कीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ। कार्कीले घटनाबारे विस्तृत बुझेर अनुसन्धान पछि सबै विवरण सार्वजनिक गर्ने बताए। ‘चुनावी प्रचारको क्रममा भएको तनाव हो, यसबारे विस्तृत अनुसन्धान पछि दोषीमाथि कारवाही हुनेछ।’
सूर्य चिन्ह अंकित टिसर्ट
माअोवादीको हिंसात्मक आक्रमणमा ज्यान गुमाएका कुलबहादुर तमाङले एमाले चुनाव चिन्ह सूर्य अंकित टिसर्ट लगाएका थिए। प्रहरीका अनुसार उनी गम्भीर घाइते थिए। उपचारको लागि अस्पताल लाने क्रममा उनको मृत्यु भएको हो। अर्का एक एमाले कार्यकर्ता पनि घाइते भएर उपचारको लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।ज्यान गुमाएका तामाङको टाउकोमा गम्भीर चोट छ। उनीमाथि ढुंगा प्रहार गरेर मरणासन्न पारिएको घटनाको प्रकृति र मृतकको शरीरको चोटबाट थाह लागेको प्रहरीले जनाएको छ।dcnepal
No comments
Post a Comment