Latest News

Monday, May 1, 2017

नवजात शिशुलाई जमिनमुनि गाडेको तीन दिनपछि निकाल्दा जिउँदै भेटिएपछि

सुनौलो न्यूज संबाददाता
 एजेन्सी । नवजात शिशु जमिनमुनि गाडेको तीन दिनपछि निकाल्दा जिउँदै भेटिएको छ । गत विहीबार दक्षिण अफ्रिकाको क्वाजुल नेटल प्रान्तमा रहेको पडडक सहरकी २४ वर्षीया एक महिलाले आफ्नो नवजात शिशु जमिनमुनी गाडेकी थिइन् । काठ फर्निचरमा मजदुरी गर्ने ती महिलाले एक शिशुलाई यसअघि नै जन्म दिइसकेकी थिइन् ।
डेली मेलले जनाए अनुसार दोस्रो शिशु जन्मिएपछि बाबु–आमाको डरले काठ कारखानाकै जमिनमा माटो र काठका टुक्राहरुले आफ्नो शिशुलाई पुरेर छोडेकी थिइन् । गाडेको तीन दिनपछि काठ फर्निचरका कर्मचारीहरुले शिशु रोएको चाल पाएपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले शिशुलाई अस्पताल भर्ना गरेको छ भने शिशुको आमालाई पक्राउ गरेर सोधपुछ गरिएको जनाइएको छ । त्यहाँका प्रहरी प्रमुख (कप्तान) गेराल्ड फेकाकाअनुसार घटनास्थल पुग्दा माटो र केही काठका टुक्राहरुले पुरिएको अवस्थामा शिशु भेटिएको थियो ।
प्रहरीले खोजतलास गरेपछि ती शिशुकी आमाले आफ्नो अपराध स्वीकार्दै शिशु आफ्नो भएको बताएकी थिइन् । प्रहरीकाअनुसार ती महिलाले बाबु–आमाको डरले शिशु पुरेको बताएकी छन् । उनले पहिलो बच्चा हुर्काउन कठिन भइरहेकोबेलामा दोस्रो शिशु जन्मिएपछि गाली गर्ने डरले त्यसो गरेको बयान दिएकी छन् । शिशुलाई अहिले सेपस्टोन क्षेत्रीय अस्पतालमा इन्टेसिभ केयरमा युनिट (आइसीयु)मा राखिएको प्रहरीले जनाएको छ 

No comments

Post a Comment