Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Monday, May 8, 2017

एमालेको चुनावी आमसभामा कांग्रेसद्वारा आक्रमण

source सुनौलो न्यूज                                                                                                 
baiशाख २५, २०७४- यहाँको चापाकोट नगरपालिका-६ धारापानीस्थित एमालेको चुनावी घरदैलो कार्यक्र
म भइरहेको बेला एक्कासी कांग्रेस कार्यकर्ताहरुले एमाले कार्यकर्ताहरु माथी खुकुरी प्रहार गरेका छन् ।
धारापानीस्थित एमालेका नेता किशोर विक्रम मल्ल, शोभियत ढकाल, रामचन्द्र भट्टराई र नगरका मेयरका उम्मेदवार डा. बुद्धिमान श्रेष्ठ ले घरदैलो कार्यक्रम गरिरहेका बेला एक्कासी आक्रमण भएको हो । सोही नगरपालिकाको कांग्रेस तर्फका मेयरका उम्मेदवार शिव गिरी एउटा गाडीमा र उनका अन्य कार्यकर्ता अर्को गाडीमा बाटो हिड्ने क्रममा कांग्रेसका कार्यकर्ताले विना कारण खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शी स्थानीय निरबहादुर थापाले बताए ।
स्थानीय प्रशासनमा र प्रहरीमा पहिलेदेखि नै सुरक्षाको विषयलाई लिएर लिखित सूचना दिएको भएतापनि सुरक्षा मजबुद नहुँदा कांग्रेस कार्यकर्ताको खुकुरी प्रहार गरी चार जना घाइते बनाएको उनले बताए । उनका अनुसार घाइते हुनेहरुमा स्थानीय डिल्लीराम खनाल, सुनबहादुर थापा, पदम विक र बेलबहादुर विक रहेका छन् ।

उनीहरुको चापाकोट सामुदायिक अस्पतालमा उपचार भइरहेको बताइएको छ । घाइते खनाल एमालेको तर्फबाट वडा नम्बर ६ को अध्यक्षका उम्मेदवार पनि हुन् । खुकुरी प्रहारको कारण भने खुल्न नसकेको एमाले नेताहरुको भनाई छ ।
उनीहरुका अनुसार स्थानीय अनिल नेपालीको घरमा एमालेले चुनाव अवधिसम्मको लागि सम्पर्क कार्यालय खोलेकाले घर एमालेलाई दिएको भन्ने मुख्य बहाना हुन सक्ने बताइएको छ । सोही क्रममा कांग्रेस कार्यकर्ता धीरज खाँडलाई खुकुरी सहित प्रहरीले पक्राउ गरेको छ । एमाले कार्यकर्ताले खुकुरीको खोल लगेर प्रहरीलाई बुझाएपछि मात्र प्रहरीले नांगो खुकुरी सहित खाँडलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालयले रत्नपुरले जनाएको छ । रत्नपुर इलाका प्रहरी प्रमुख बालबन्धु बस्नेतका अनुसार झगडापछि भाग्ने क्रममा खुकुरी सहित खाँडलाई पक्राउ गरिएको हो ।
स्थानीय चुनावलाई मध्य नजर राख्दै शान्ति सुरक्षा कायम राख्न गाउँभरी सुरक्षाकर्मीको बाक्लो उपस्थिति गराइएको र जाँच गर्ने क्रममा नै खुकुरी सहित खाँड पक्राउ परेको उनले बताए ।
चुनाव नजिकिँदै गर्दा राजनीतिक विषयलाई लिएर दलहरु एक आपसमा झगडा गरिरहँदा गाउँमा क्रासैक्रास रहेको र सुरक्षा स्थिति मजबुद बनाउन स्थानीयहरुले थप प्रहरी समेत माग गरेको बताएका छन् ।
विगतदेखि नै चुनावमा बुथ कव्जा गर्ने, खुकुरी र पेस्तोलको क्रासमा भोट हाल्नुपर्ने बाध्यताले गर्दा स्थानीयबासीहरुले आफूलाई पहिलेदेखि नै असुरक्षित महसुश गरेको गाउँलेहरुको भनाई छ । यता कांग्रेस निकट तरुण दलका जिल्ला अध्यक्ष प्रकाश मल्लले कांग्रेस कार्यकर्ता विश्वास मल्लले रुख चिन्हको टिसर्ट लगाएर मोटरसाइकलमा रुखको झण्डा राखेर हिँड्ने क्रममा एमाले कार्यकर्ताले मोटरसाइकल रोकेपछि झगडा सिर्जना भएको बताएका छन् ।
नाम नबताउने सर्तमा एक स्थानीय व्यक्तिले भने, ‘०७० सालमा संविधान सभाको भोट खसाल्न जादा पनि मतदाताहरुले स्वतन्त्रपूर्वक मत खसाल्न पाएका थिएनन् । केही उच्छृंखल व्यक्तिहरुको समूहले खुकुरी र अन्य हतियार देखाई कुनै पार्टी विशेषको चुनाव चिन्हमा छाप लगाउन धम्की दिने गरेका हुन् । अहिले पनि समस्या उस्तै छ ।’ विगतदेखि नै शान्ति सुरक्षामा जोखिम रहेको यो क्षेत्रमा शान्ति सुरक्षालाई थप मजबुत बनाउन आवश्यक देखिएको एमाले निकट एक नेताले बताए 

No comments

Post a Comment